• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

चटयाङ लागेर चार महिलाको ज्यान गयो

चटयाङ लागेर चार महिलाको ज्यान गयो


समायोजन खबर
  • बिहिबार, असार १८ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, चट्याङ लागेर बारामा चारजना महिलाको ज्यान गएको छ । अरु सातजना महिला घाइते भएका छन् । आज बिहान करिब साढे सात बजे चट्याङ लागेर कलैया उपमहानगरपालिका १२ की ३५ वर्षीया आशा देवी र ४५ वर्षीया अलिमा खातुनको ज्यान गएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

    चट्याङ लागेर फेंटा गाउँपालिका १ की ४० वर्षीया सुनरपती देवी र ३० वर्षीया तेंडु देवीको ज्यान गएको मिश्रले जानकारी दिए ।

    चट्याङ लागेर फेंटा गाउँपालिका १ कै बच्वा देवी, राजपती देवी, कान्ति देवी, उमा देवी, लिलावती देवी, शोशिता देवी र शीला देवी गम्भीर घाइते भएका र उपचारका लागि वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ । खेतमा रोपाइँ गर्ने क्रममा उनीहरुलाई चट्याङ लागेको हो ।२०७७ असार १८ गते बिहान ११ :३२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology