समायोजन खबर खोटाङ,जिल्ला भित्रिने स्थानीयलाई पिसिआर परिक्षणको रिपोर्ट नआएसम्मका लागि राख्ने ‘होल्डिङ’ सेन्टर बनाउने तयारी गरिएको छ । स्वदेश तथा विदेशबाट भित्रिने स्थानीयलाई पिसिआर परिक्षणको रिपोर्ट नआएसम्मका लागि राख्ने व्यवस्था मिलाउन दिक्तेलको पञ्च माबिमा १० बेडको ‘होल्डिङ’ सेन्टर बनाउने तयारी गरिएको हो ।
जिल्ला बाहिरबाट भित्रिएका स्थानीयलाई सरासर घर पठाउँदा कोरोना संक्रमणको खतरा बढेकाले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले उनीहरुको पिसिआर परिक्षण गरेर मात्र घर पठाउने र त्यतिञ्जेलसम्म सुरक्षित तरिकाले राख्नका लागि ‘होल्डिङ’ सेन्टर बनाउने निर्णय गरेको हो ।
क्वारेन्टीनकैरुपमा प्रयोग गरिने ‘होल्डिङ’ सेन्टर निर्माणका लागि आवश्यक सामग्री नेपाल रेडक्रस सोसाईटीले उपलव्ध गराउने तथा नेपाली सेना र रेडक्रसकर्मीले ‘होल्डिङ’ सेन्टर निर्माण गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी एबं जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक शालिग्राम शर्मा पौडेलले बताए ।
‘होल्डिङ’ सेन्टरमा जयराम नाकाबाट भित्रिएर दिक्तेल हुँदै घर जाने स्थानीयलाई मात्र राखिने छ । पिसिआर परिक्षणकाक्रममा नेगेटिभ रिपोर्ट आएका व्यक्तीलाई घर पठाइने छ भने पोजिटिभ रिपोर्ट आएका स्थानीयलाई उपचारमा पठाइने छ । ‘होल्डिङ’ सेन्टर निर्माणका लागि पञ्च माबिका व्यवस्थापन समिति, प्रअ लगायतसँग समन्वय गरिसकिएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।२०७७ असार १७ गते राती ८ :१० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology