• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जिल्ला अस्पतालमा डिजिटल एक्सरे सञ्चालन

जिल्ला अस्पतालमा डिजिटल एक्सरे सञ्चालन


समायोजन खबर
  • मंगलबार, असार १६ २०७७

  • जिल्ला अस्पतालमा डिजिटल एक्सरे मेशिन सञ्चालन गरिदैं ।

    चिसाङ शेर्पा खोटाङ, जिल्ला अस्पताल खोटाङमा डिजिटल एक्सरे (कम्प्युटरराईज रेडियोग्राफी) मेशिन सञ्चालनमा आएको छ । बर्षौदेखी मेनुअल एक्सरे मेशिनबाट सेवाप्रवाह भइरहेको अस्पतालमा मंगलबारबाट डिजिटल एक्सरे मेशिन सञ्चालनमा आएको हो । डिजिटल एक्सरे मेशिन सञ्चालनमा आएसँगै रिपोर्टका लागि सेवाग्राहीले घण्टौ कुर्नुपर्ने बाध्यता हटेको छ ।
    मेनुअल एक्सरे मेशिनबाट काम गरिरहंदा सेवाग्राहीहरुले एक्सरे रिपोर्टका लागि आधा घण्टादेखी एक घण्टासम्म पर्खनुपर्ने बाध्यताको अन्त्य गर्दै छिटोछरितो ढंगले रिपोर्ट दिने लक्ष्य राखेर डिजिटल एक्सरे मेशिन सञ्चालन गरिएको अस्पताल स्रोतले जनाएको छ । डिजिटल एक्सरे अर्थात कम्प्युटरराईज रेडियोग्राफी सञ्चालन भएपछि जुनसुकै प्रकारको एक्सरेलाई कम्प्युटरमा आवश्यकता अनुसार जुम गरेर हेर्न सकिने, मेनुअलभन्दा धेरै गुणा एक्सरे रिपोर्ट राम्रो र छिटो आउने जिल्ला अस्पतालका रेडियोग्राफर कल्याण बस्नेतले बताए ।


    बस्नेतका अनुसार डिजिटल एक्सरेले बढीमा पाँच मिनेटमा रिपोर्ट दिन्छ । मेशिन चलाउनलाई ब्याकअप समेत जडान भईसकेकाले ऊर्जाको कुनै समस्या नभएकाले सेवाग्राहीको दुःख र झन्झट हटेको उनको भनाई छ । १६ लाखमा कम्प्युटरराईज रेडियोग्राफी सञ्चालनमा ल्याइएको जिल्ला अस्पतालका निमित्त प्रमुख रबिन कुमार फुयलले बताए । अस्पतालमा मेनुअल एक्सरे मेशिन हुँदा सेवाग्राहीको भीड लाग्ने गरेको थियो । निमित्त प्रमुख फुयलले भने, ‘अस्पतालको विभिन्न प्रविधिहरुलाई अपग्रेड गर्दै अस्पतालबाट प्रवाह हुने सेवाहरुलाई छिटो बनाउदै लगिने लक्ष्य अनुसार डिजिटल एक्सरे सुरु गरिएको हो ।’

    डिजिटल एक्सरे मेशिन सञ्चालन भएकै दिनमा दुई जनाले यो सुविधा लिएका छन् । घण्टौ एक्सरेको रिपोर्ट कुर्नुपर्ने बाध्यता हटेर पाँच मिनेटमा रिपोर्ट आउँदा आफूहरु हर्षित भएको सेवाग्राहीको भनाई छ । १५ शैयाको अस्पतलालाई ५० शैयाको बनाउनका लागि डिपिआर समेत भइसकेको निमित्त प्रमुख फुयलले बताए ।२०७७ असार १६ गते साँझ ७ :०२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology