• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा थप एक जनामा कोरोना संक्रमण,संक्रमित संख्या पाँच पुग्यो

खोटाङमा थप एक जनामा कोरोना संक्रमण,संक्रमित संख्या पाँच पुग्यो


समायोजन खबर
  • सोमबार, असार १५ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा एक जना संक्रमित थपिएका छन् । आइतबार मात्र दुई पुरुष र एक महिलालाई कोरोना संक्रमण भएको पूष्टी भएको नगरपालिकामा सोमबार एक २५ वर्षीया महिलालाई कोरोना संक्रमण भएको पूष्टी भएको हो ।हप्ता दिनअघि भारतबाट आएर होम क्वारेन्टीनमा बसेकी दिक्तेलबजार रत्नपार्ककी महिलालाई कोरोना संक्रमण भएको पूष्टी भएको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा. शैलेस श्रेष्ठले बताए । यसँगै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा संक्रमितको संख्या चार पुगेको छ ।
    रावाबेँसी गाउँपालिका स्थायी ठेगाना भए पनि दिक्तेलको रत्नपार्कमा बस्दैआएकी महिलालाई संक्रमण भएको पूष्टी भएपछि दिक्तेलबजार क्षेत्रमा त्रास फैलिएको छ । घर सिल गरेर संक्रमित महिलालाई तत्काल जिल्ला अस्पतालमा बनाइएको आइसोलेसनमा लगेर राखिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी उपप्रमुख बिणादेबी राईले बताईन् । उनलाई उपचारमा पठाउने तयारी गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका १८ वर्ष र ३८ वर्षका पुरुष तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाकी २५ वर्षीय महिलालाई सोमबार मात्र अस्पताल भर्ना गरिएको छ ।
    यस्तै, कोरोना संक्रमण भएकी ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलकी ३० वर्षीय महिलालाई पनि उपचारमा पठाउने तयारी भइरहेको छ । संक्रमण भएको पूष्टी भएपछि उनलाई छुट्टै राखेर परिवारका सदस्यको पिसिआर परिक्षणको तयारी भइरहेको ऐसेलुखर्क गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुकुप्रसाद आचार्यले बताए ।२०७७ असार १५ गते राती ८ :२४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology