चिसाङ शेर्पा खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अति विपन्न र दैनिक ज्यालादारी गर्नेलाई राहत वितरण गरेको छ । नगरपालिकाले वडा नं. ७ दोर्पा चिउरीडाँडामा शनिबार राहत वितरण गरेको हो ।
कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनबाट प्रभावित बनेका अति विपन्न र दैनिक ज्यादादारी गर्ने ३ सय घर परिवारलाई तेश्रो चरणको राहत बाँडिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले प्रति परिवार ३० केजी चामल र १ केजी नुन बाँडेको हो । राहत नगरप्रमुख दिपनारायण रिजाल, उपप्रमुख विणादेबी राई लगायतले वितरण गरेका हुन् । यससँगै नगरपालिकाले ३ हजार ३ सय ३३ घर परिवारलाई राहत बाँडेको छ । पहिलो र दोश्रो चरणको राहत यसअघि वितरण गरिसकेको छ ।२०७७ असार १३ गते राती ८ : १९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology