समायोजन खबर खोटाङ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोटाङका एक जना रेडजोनमा परेको बताएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले रेडजोनमा पर्नेको संख्या ५१० रहेको र खोटाङका एक व्यक्ति रहेको जानकारी दिएका छन् ।
मन्त्रालयको हाम्रो स्वास्थ्य एप्लीकेशनमा विरामीले दिएको सूचनाका आधारमा र विरामीलाई कोेरोनाको लक्षण भए वा नभएको आधारमा रेड जोनमा राख्ने गरिन्छ । यदि विरामीले आफ्नो स्वास्थ्यमा आएका समस्या राखेको र उनमा कोरोनाको लक्षण देखिएमा त्यस्ता व्यक्तीलाई रेडजोनमा राखिन्छ ।
जो कोहीले पनि घरमै बसेर मन्त्रालयको एप्लीकेशनमा आफ्ना स्वास्थ्य समस्या राख्न सकिन्छ । रेड जोनमा परेका व्यक्तिको पहिचान नखुलेको जिल्ला अस्पताल खोटाङका डाक्टर शैलेस श्रेष्ठले जानकारी दिए ।२०७७ असार १२ गते साँझ ७ :०८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology