चिसाङ शेर्पा खोटाङ, खोटाङका दश स्थानीय तहले आर्थिक वर्ष २०७७/०७८ का लागि प्रस्तावित बजेट ल्याएका छन् । खोटेहाङ गाउँपालिका बाहेक अन्य नगरपालिका तथा गाउँपालिकाले बुधबार नगरसभा तथा गाउँसभामार्फत प्रस्तावित बजेट ल्याएका हुन् । खोटेहाङले बिहिबार नीति तथा कार्यक्रम र बजेट ल्याएका हुन् ।
जसअनुसार हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि ५२ करोड ७८ लाख १४ हजार ६५२ रुपैयाँ बजेट ल्याएका छन् । यस्तै अर्को नगरपालिका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ७६ करोड ९० लाख २७ हजार ९० रुपैयाँ बजेट ल्याएको छ ।
यसैगरी, दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ५१ करोड ४२ लाख ८ हजार ७४ रुपैयाँ, साकेला गाउँपालिकाले ३० करोड ७७ लाख ४४ हजार, जन्तेढुंगा गाउँपालिकाले ३३ करोड ३० लाख २७ हजार ३२० रुपैयाँ, ऐंसेलुखर्क गाउँपालिकाले ४० करोड ८४ लाख ५२ हजार ८७८ रुपैयाँ, बराहपोखरी गाउँपालिकाले २८ करोड ३५ लाख ६९ हजार ५१० रुपैैयाँ, रावाबेंशी गाउँपालिकाले २९ करोड ७७ लाख ९५ हजार, केपिलासगढी गाउँपालिकाले ३३ करोड ८५ लाख ३४ हजार र खोटेहाङ गाउँपालिकाले ४८ करोड १८ लाख ३९ हजार ७२२ बजेट ल्याएको छ ।२०७७ असार ११ गते साँझ ७ :२६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology