• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हलेसीको बजेट ५२ करोड ७८ लाख

हलेसीको बजेट ५२ करोड ७८ लाख


समायोजन खबर
  • बिहिबार, असार ११ २०७७

  • आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै नगर उपप्रमुख विमला राई ।

    समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि ५२ करोड बढी प्रस्तावित बजेट प्रस्तुत गरेको छ । बुधबार हलेसीस्थित जाम्बला रिर्सोटमा नगरसभामार्फत ५२ करोड ७८ लाख १४ हजार ६५२ रुपैयाँ बजेट प्रस्तुत गरेका हुन् ।
    नगर उपप्रमुख बिमला राईले प्रस्तुत गरेको बजेट अनुसार वडाको बजेटबाहेक नगरपालिकाबाट सञ्चालन हुने विभिन्न कार्यक्रमका लागि ६ करोड ३५ लाख, किरात भाषा संस्कृति संरक्षणका लागि ४२ लाख, महिला तथा बालबालिकाका लागि ५० लाख, स्वास्थ्यका लागि २० लाख, शिक्षाका लागि ४० लाख बजेट विनियोजन गरिएको छ ।

    यस्तै, बाहुनीडाँडा, डिकुवा, च्यास्मिटार, वडहरे, मंगलटार, सल्ले, अर्खौलेका लागि प्रतिवडा ३६ लाखका दरले बजेट विनियोजन गरिएको नगर उपप्रमुख राईले बताईन् । यसैगरी, दुर्छिम, महादेवस्थान, धितुङ र राजापानीलाई प्रतिवडा ३७ लाखका दरले बजेट विनियोजन गरिएको छ ।२०७७ असार ११ गते अपरान्ह ४ :०५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology