• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

ओखलढुंगामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

ओखलढुंगामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु


समायोजन खबर
  • बिहिबार, असार ११ २०७७

  • सांकेतिक तस्विर।

    समायोजन खबर खोटाङ, छिमेकी जिल्ला ओखलढुंगाको लिखु गाउँपालिकामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गएको छ । यसमबाट वडा नम्बर ९ को पोकलीतर्फ जाँदै गरेको एम्बुलेन्स बुधबार बिहान करिब साढे नौ बजे कात्तिकेभिरमा दुर्घटना हुँदा एम्बुलेन्स चालक लिखु गाउँपालिका–४, यसमका २३ वर्षीय सुदर्शन खत्रीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

    एम्बुलेन्स बिहीबार बिहान गाउँपालिकाबाट बिरामी लिन पोकली जाँदै थियो । गाउँपालिकाको ३–०१–०० झ ५११५ नम्बरको एम्बुलेन्स सडकबाट करिब २ सय मिटर तल खोलामा खसेको गाउँपालिका अध्यक्ष गोबिन्द पौडेलले जानकारी दिए।

    वडा नम्बर ८ का वडा अध्यक्षले पोकलीबाट बिरामीलाई काठमाण्डौ लैजान एम्बुलेन्स मगाएपछि चालक बिहानै एम्बुलेन्स लिएर पोकलीतर्फ गएकाले एम्बुलेन्समा बिरामी भने थिएनन् ।२०७७ असार ११ गते मध्यान्ह १२ :०४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology