समायोजन खबर खोटाङ, खोटाङको ऐसेलुखर्क गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि करीव ४१ करोड बजेट प्रस्तुत गरेको छ । बुधबार गाउँपालिकाको सभाहलमा गाउँसभामार्फत ४० करोड ८४ लाख ५२ हजार ८७८ रुपैयाँ बजेट प्रस्तुत गरेका हुन् ।
गाउँपालिका उपाध्यक्ष पुष्पकला भुजेलले प्रस्तुत गरेको बजेट अनुसार संघीय सरकारबाट प्राप्त सशर्त अनुदान १९ करोड १५ लाख, सघीय सरकारबाट वित्तीय समामनकरण अनुदानतर्फ ८ करोड, संघीय सरकारबाट राजश्व वाडफाड अनुदान ६ करोड २६ लाख ७६ हजार १ सय ४०, संघीय सरकारबाट समपूरक अनुदान २ करोड, प्रदेश सरकारको वित्तिय समानिकरण अनुदान ६९ लाख ९४ हजार, प्रदेश सरकारको सवारी साधन कर ३० लाख ८४ हजार, प्रदेश सरकारको सशुत अनुदान १ लाख, प्रदेश सरकारको समपूरक अनुदान १ करोड, स्वीस सरकार साना सिचाई सशर्त कायुक्रम सञ्चालन २ करोड ३७ लाख ६ हजार ४ सय ८८, चालु आर्थिक बर्षको ०७६/०७७ को अनुमानित रकम ८० लाख, आगामी वर्षकोे अनुमानित आन्तरिक श्रोत २३ लाख ९२ हजार २ सय ५० रुपैयाँ रहेको छ ।
यस्तै, अन्य विषयगत क्षेत्रमा विनियोजन गरिएको बजेट बक्तब्य हेर्न यहाँ क्लिक गर्नुहोस ।२०७७ असार १० गते राती ८ :३८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology