समायोजन खबर खोटाङ, सुनको भाउ अहिलेसम्मकै महंगो भएको छ । सुन आज तोलामा ५ सय रुपैयाँ बढेर ९१ हजार १ सय रुपैयाँ पुगेको हो । हिजो सुन तोलामा ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार सुन तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । सुनको भाउ अझै बढ्न सक्ने व्यवसायीले बताएका छन् ।
त्यस्तै चाँदीको भाउ तोलाको ९ सय ४५ रुपैयाँ कायम भएको छ । हिजो तोलाको ९ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलामा ५ रुपैयाँ बढेको हो ।
सुनको भाउ बढेपछि बजारमा सुनचाँदीको कारोबार लगभग ठप्प जस्तै छ । सुन किन्नेभन्दा बेच्न खोज्नेहरु बढेका व्यवसायीले बताउँदै आएका छन् ।२०७७ असार १० गते मध्यान्ह १२ : २० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology