• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

ट्याक्टर दुर्घट्ना, घाइतेलाई काठमाण्डौ पठाइयो

ट्याक्टर दुर्घट्ना, घाइतेलाई काठमाण्डौ पठाइयो


समायोजन खबर
  • बुधबार, असार १० २०७७

  • सांकेतिक तस्विर।

    समायोजन खबर खोटाङ, खोटाङमा ट्याक्टर दुर्घट्नामा परी घाईते भएकालाई थप उपचारमा काठमाण्डौ पठाइएको छ । मंगलबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला–कुभिण्डे सडकमा भएको ट्याक्टर दुर्घट्नाका घाईते दुई जनालाई काठमाण्डौ पठाइएको हो ।
    दिक्तेलबाट सिमेन्ट लिएर रावाबेंशी गाउँपालिकाको कुभिण्डे जानेक्रममा मंगलबार अपरान्ह साढे तीनबजे ना ४ त ९१६९ नम्बरको ट्याक्टर नुनथला–कुभिण्डे सडकमा दुर्घट्ना भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक तथा प्रवक्ता गोबिन्द प्रसाद साहले जानकारी दिए । घाइते हुनेमा रावाबेंशी गाउँपालिका–१ कभिण्डेका १६ वर्षीय प्रकाश सार्की र सोही स्थानका १८ वर्षीय सुवास सार्की रहेका छन् ।

    दुर्घट्नालगत्तै घाईतेलाई जिल्ला अस्पताल दिक्तेलमा उपचारमा ल्याइए पनि यहाँ उपचार संम्भव नहुने भन्दै अस्पताले काठमाण्डौ रेफर गरेको हो । ट्याक्टरको पछाडीको भाग टेलर मात्रै पल्टिएकाले उनीहरु घाईते भएका हुन् । सार्की दुईजना लोडअनलोडको काम गर्ने ब्यक्तिहरु रहेको प्रहरीले जनाएको छ । ट्याक्टरका चालक, सहचालक सकुशल रहेका छन् ।२०७७ असार १० गते बिहान ११ : ४२ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology