• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आरडीटी परीक्षण गरेर घर पठाइएका युवकको मृत्यु

आरडीटी परीक्षण गरेर घर पठाइएका युवकको मृत्यु


समायोजन खबर
  • मंगलबार, असार ९ २०७७

  • फाइल फोटो

    समायोजन खबर खोटाङ, कैलालीमा क्वारेन्टिनबाट घर फर्किएका अर्का युवकको मृत्यु भएको छ । जिल्लाको जानकी गाउँपालिका ९ पूर्वखैरीफाटाका ३४ बर्षका युवकको मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    जेठ १५ गते भारतको गुजरातबाट श्रीमती र छोरीसंगै आएका उनी क्वारेन्टिनमा बसेर २८ जेठमा घर गएका थिए । घर पुगेको भण्डै २ सातापछि उनको मृत्यु भएको हो ।

    मृत्यको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । मृतकमा कोरोना परीक्षण गर्न नमुना संकलन गरी प्रयोगशालामा पठाइएको उनले बताए । उनको रिपोर्ट नआउँदासम्म शव घरमै रहने प्रहरीले जनाएको छ ।२०७७ असार ९ गते राती ९ :०१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology