चिसाङ शेर्पा खोटाङ, खोटाङको खोटेहाङ गाउँपालिकाको २६ जनाको पिसिआर परिक्षण रिपोर्ट ‘नेगेटिभ’ आएको छ । छिमेकी मुुलुक भारतबाट आई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टीनमा बस्दै आएकाहरुको पिसिआर परिक्षण रिपोर्ट ‘नेगेटिभ’आएको हो ।
गाउँपालिकाले ७ असारमा स्वाव संकलन गरी सोही दिन प्रदेश जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा पिसिआर परिक्षण गर्न पठाएको थियो । मंगलबार २६ जनाकै रिपोर्ट ‘नेगेटिभ’ आएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक यदुकुमार बस्नेतले जानकारी दिए ।
भारतबाट आएपछि उनीहरुमध्ये १५ जनालाई लक्ष्मी माविको क्वारेन्टीन, २ जनालाई सिमपानी क्याम्पसको क्वारेन्टीन र ९ जनालाई भाषा आधारभूत विद्धालयको क्वारेन्टीनमा राखिएको थियो । सवैको रिपोर्ट ‘नेगेटिभ’ आएपछि उनीहरुलाई भोली बुधबार घर पठाइने जनाइएको छ । स्वास्थ्य संयोजक बस्नेतका अनुसार लिच्किराम्चेका १६, सिमपानीका २, बड्कादियालेका ३, खोटाङबजारका १, लिकुवापोखरीका २ र चिप्रिङका २ जना रहेका छन् ।
योसहित खोटेहाङ गाउँपालिकामा पिसिआर परिक्षण गर्नेको संख्या ३१ जना पुगेको छ । ५ जनाको यसअघि पिसिआर परिक्षण गरिएको थियो । १ सय जनाको आरडिटि परिक्षण गरिसकिएको छ । सबैको रिपोर्ट ‘नेगेटिभ’ छ ।
यस्तै, जिल्लाभर पिसिआर परिक्षण गराउनेको संख्या ३ सय ५७ जना पुगेको जिल्ला प्रशासन कार्यालय खोटाङले जनाएको छ । २०७७ असार ९ गते साँझ ७ : ३२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology