• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार

सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार


समायोजन खबर
  • मंगलबार, असार ९ २०७७

  • सुत्केरी महिलाको उद्धार गरेर फर्कदै गरेको हेलिकोप्टर ।

    समायोजन खबर खोटाङ,खोटाङका एकजना सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । केपिलासगढी गाउँपालिका–२ खार्तम्छा घर भएकी १९ वर्षीया मन्दिरा विकलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं उद्धार गरिएको हो ।
    सुत्केरी गराउन सोमबार साँझ जिल्ला अस्पतालमा ल्याइएकी मन्दिराको अत्याधिक रक्तश्राव भएपछि मंगलबार बिहान हेलिकोप्टबाट उनको उद्धार गरिएको जिल्ला अस्पताल खोटाङले जनाएको छ ।
    शरिरमा करिव १२ ग्राम रगतको मात्रा हुनुपर्नेमा मन्दिराको ४ दशमलव ५ ग्राम मात्रै रगत भएको र बच्चाको पनि पेटभित्रै मृत्यु भएकाले अवस्था जटिल भएपछि काठमाण्डौं पठाइएको जिल्ला अस्पतालका डाक्टर नारायण बरालले बताए । ‘प्लासेन्टा प्रिभिया’ बच्चा जन्मने ठाउँमा पनि समस्या छ । डाक्टर बरालले भने, ‘बच्चाको पनि मृत्यु भइसकेकाले यहाँ अप्रेसन गर्न ‘आसीयू कियर’ आवश्यक भएको तर यहाँको अस्पतालमा अप्रेसन गर्दा जोखिम हुने भएका कारण तत्काल रेफर गरेका हौं ।’

    महिला, बाल बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रपति महिला उत्थान कार्यक्रमको हेलिकोप्टर व्यस्त भएपछि काठमाडौंस्थित ग्राण्डि अस्पतालसँग सहकार्य गरेर ग्राण्डीको हेलिकोप्टरमार्फत मन्दिरालाई उद्धार गरिएको हो । मन्दिराको प्रशुतीगृह थापाथलीमा उपचार सुरु भएको छ ।
    यस्तै, गत बिहिबार पनि जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङ केराबारीकी २१ वर्षीया तारा राइको उद्धार गरिएको थियो । बच्चा सकुशल जन्मिए पनि सालनाल अड्किँदा ज्यान जोखिममा परेपछि उनलाई पनि महिला, बाल बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत नेपाली सेनाको हेलीकोप्टरबाट काठ्माण्डौं पठाइएको हो ।२०७७ असार ९ गते अपरान्ह ३ : २७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology