• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा ३३१ जनाको पिसिआर परिक्षण

खोटाङमा ३३१ जनाको पिसिआर परिक्षण


समायोजन खबर
  • सोमबार, असार ८ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, खोटाङमा ३ सय ३१ जनाको पिसिआर परिक्षण गरिएको छ । दुई नगरपालिका र आठ गाउँपालिकागरी आईतबारसम्म ३३१ जनाको पिसिआर परिक्षण गरिएको जिल्ला प्रशासन कार्यालय खोटाङले जनाएको छ । १ हजार ४७३ जनाको आरडिटि परिक्षण गरिएको छ ।
    जिल्लाको खोटेहाङ गाउँपालिकामा ५, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १०२, रावाबेंशी गाउँपालिकामा ५, साकेला गाउँपालिकामा ६, ऐंसेलुखर्क गाउँपालिकामा २८, जन्तेढुंगा गाउँपालिकामा २२ जनाको पिसिआर परिक्षण गरिएको हो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको थियो । हलेसी तुवाचुङ नगरपालिकामा भने १६३ जनाको पिसिआर परिक्षण गर्दा ४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको थियो । उनीहरु सबैजना कोरोना जितेर घर फर्किसकेका छन् । योसँगै खोटाङ कोरोनामुक्त जिल्ला भएको छ ।
    प्रशासन कार्यालयका अनुसार दिप्रुङ चुईचुम्मा गाउँपालिका, केपिलासगढी गाउँपालिका र बराहपोखरी गाउँपालिकामा पिसिआर परिक्षण गरिएको छैन । यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा १८१, खोटेहाङ गाउँपालिकामा २१३, हलेसी तुवाचुङ नगरपालिकामा ९३, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २९८, रावाबेंशी गाउँपालिकामा ३३, साकेला गाउँपालिकामा १३५, केपिलासगढी गाउँपालिकामा १४५, ऐंसेलुखर्क गाउँपालिकामा ११६, जन्तेढुंगा गाउँपालिकामा २३३ र बराहपोखरी गाउँपालिकामा २६ जनाको आरडिटि परिक्षण गरिएको थियो । ।
    १ हजार ४७३ जनाको आरडिटि परिक्षण गर्दा हलेसी तुवाचुङ नगरपालिकामा २, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ६, साकेला गाउँपालिकामा २, ऐंसेलुखर्क गाउँपालिकामा ८ र जन्तेढुंगा गाउँपालिकामा ६ गरी जम्म २४ जनाको आरडिटि रिपोर्ट ‘पोजेटिभ’ आएको थियो । पिसिआर परिक्षण गर्दा २४ जनाकै रिपोर्ट ‘नेगेटिभ’ आएको थियो ।२०७७ असार ८ गते अपरान्ह ३ :४८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology