• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

गुल्मीमा होम क्वरेण्टीनमा बसेका पुरुषको मृत्यु

गुल्मीमा होम क्वरेण्टीनमा बसेका पुरुषको मृत्यु


समायोजन खबर
  • शुक्रबार, असार ५ २०७७

  • सांकेतिक तस्विर

    समायोजन खबर खोटाङ, गुल्मीमा होम क्वरेण्टीनमा बसेका एक पुरुषको बिहीबार राति मृत्यु भएको छ । मृत्यु हुनेमा छत्रकोट गाउँपालिका ५ को मैनडाँडाका ६९ वर्षीय पुरुष रहेको गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थले जानकारी दिए।

    दुई हप्ताअघि भारतको मुम्बईबाट घर फर्कनुभएका उहाँ लामो समयदेखि प्यारालाइसिसको बिरामी हुनुहुन्थ्यो । उहाँको आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि उहाँ होम क्वरेण्टीनमा बस्दै आउनुभएको थियो ।

    शुक्रबार उहाँको स्वाब निकालेर परीक्षणको लागि लुम्बिनी प्रादेशिक अस्पताल भैरहवा पठाइने भएको छ । मृत्यु भएका पुरुषको शवलाई नेपाली सेनाको टोलीले व्यवस्थापन गर्न लागेको गाउँपालिका अध्यक्ष पन्थले जानकारी दिए ।२०७७ असार ५ गते मध्यान्ह १२ :५४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology