समायोजन खबर खोटाङ, खोटाङमा सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । बच्चा सकुशल जन्मिए पनि सालनाल अड्किँदा ज्यान जोखिममा परेपछि जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङ केराबारीकी २१ वर्षीय अनिता राईलाई बिहीबार उद्धार गरिएको हो ।
स्वास्थ्यमा समस्या आएपछि सिकिस्त सुत्केरी उनलाई हेलीकोप्टरमार्फत प्रशुतीगृह थापाथली पठाइएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए । उनलाई महिला, बाल बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत नेपाली सेनाको हेलीकोप्टरबाट काठ्माण्डौं पठाइएको हो ।
लकडाउनका बेला सुत्केरी भएकी अनितालाई सुत्केरी गराउन आफन्तको सहयोगमा स्वास्थ्यचौकी खोटाङबजार पु¥याइएको थियो । अनिताले बुधबार राती १ बजे छोरीलाई जन्म दिए पनि सालनाल अड्किएपछि उनलाई थप उपचारमा काठमाण्डौ पठाउनु परेको जगत किरातीले बताए ।२०७७ असार ४ गते साँझ ५ :३४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology