समायोजन खबर खोटाङ, खोटाङका समाजसेवी तथा ईन्जिनियर धर्मराज पोखरेलले पत्रकारहरुलाई ‘प्रेस ज्याकेट’ (एप्रोन) वितरण गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनमा रिपोर्टिङ गर्नलाई थप सहयोग पुग्ने उद्देश्यले ज्याकेट वितरण गरेका हुन् ।
नेपाल प्रेस युनियन खोटाङले बुधबार दिक्तेलस्थित सगरमाथा होटलमा आयोजना गरेको वितरण कार्यक्रममा पोखरेलले २० थान प्रेस लेखिएको ज्याकेट प्रेस युनियन खोटाङका जिल्ला अध्यक्ष उत्तम चौलागाँईलाई हस्तान्तरण गरेका हुन् । पोखरेलले चौलागाँईलाई हस्तान्तरण गरिएको ज्याकेट जिल्लामा क्रियाशिल पत्रकारहरुलाई वितरण गरिएको छ । 
३२ हजार बराबरको प्रेस ज्याकेट पत्रकारहरुको मनोबल बढाउनका लागि सहयोग गरिएको पोखरेलले बताए । आगामी दिनहरुमा पनि पत्रकार, सञ्चारकर्मी र सञ्चार गृहका लागि सहयोग गर्ने उनले प्रतिबद्धता ब्यक्त गरे । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क घर भई काठमाण्डौलाई कर्मभूमि बनाउदै आएका पोखरेल समाजसेवामा अब्बल छन् भने, नेपाली कांग्रेस खोटाङका जिल्ला उपसभापति पनि हुन् ।
नेपाली कांग्रेसका उपसभापति नवराज केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला सचिव ज्ञानेन्द्र जोशी, नेपाल पत्रकार महासंघका अध्यक्ष दमन राई, नेपाली कांग्रेसका जिल्ला सदस्य तथा प्रचार विभाग प्रमुख सुमन आचार्य, जिल्ला सदस्य प्रकाश श्रेष्ठ, सम्पादक समाजका अध्यक्ष तथा वरिष्ठ पत्रकार कृष्ण आचार्य, दिक्तेल रुपाकोट मझुवागढीका नगरसभापति दुर्गाप्रसाद घिमिरे, नेपाल विधार्थी संघका सभापति राजकुमार बस्नेत, प्रेस युनियन खोटाङका पूर्वअध्यक्ष दिलिप खत्री, रुपाकोट रेडियोका स्टेशन मेनेजर सुर्य तामाङ, पत्रकार महासंघका जिल्ला उपाध्यक्ष रामधन राई लगायतको उपस्थिती थियो ।
यस्तै, नेपाल प्रेस युनियन जिल्ला शाखा काठमाडौका अध्यक्ष जगन्नाथ दुलालले प्रेस युनियन जिल्ला शाखा खोटाङलाई एक सय थान सर्जिकल मास्क, एन ९५ मास्क ८ थान, एक सय थान सर्जिकल ग्लोब्स र ५ लिटर स्यानिटाइजर उपलब्ध गराएका छन् ।२०७७ असार ३ गते राती ८ :१९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology