• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सातै प्रदेशको बजेट सार्वजनिक हुँदै

सातै प्रदेशको बजेट सार्वजनिक हुँदै


समायोजन खबर
  • सोमबार, असार १ २०७७

  • सांकेतिक तस्विर।

    समायोजन खबर काठमाडौं, देशका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७७/७८ को बजेट आज सार्वजनिक गर्दैछन् । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारहरुले दोस्रो पटक वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् । संविधानतः संघ सरकारले जेठ १५ मा बजेट घोषणाा गरेपछि प्रदेश सरकारले असार १ मा बजेट सार्वजनिक गर्न लागेका हुन् ।

    प्रदेश सरकारहरुले आ–आफ्नो प्रदेशअनुरुप प्राथमिकता निर्धारण गरेर बजेट तयार पारेको जनाएका छन् । कोरोना भाइरस ९कोभिड–१९० को महामारीका बिचमा आउने भएका कारण यसपटकको बजेटले स्वास्थ्य तथा कृषि क्षेत्रलाई प्राथमिकतामा राख्ने प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीहरुले जानकारी दिएका छन् ।

    स्वास्थ्यसँगै कृषि, पर्यटन, सडक, खानेपानी र रोजगारी सिर्जना सबैजसोको प्राथमिकतामा छन् । यहीअनुरुप आफ्नो प्रदेशको बजेट तयारी गरेको प्रदेश सरकारहरुले बताएका छन् । संघीय सरकारले नै बजेटको आकार घटाएका कारण प्रदेश सरकारहरुले पनि बजेटको आकार घटाउने भएका छन् ।२०७७ असार १ गते दिउँसो १ :४५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology