• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३७१ पुग्यो

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३७१ पुग्यो


समायोजन खबर
  • आइतबार, जेष्ठ ३२ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर विराटनगर, आइतबार मोरङमा थप २५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । आजै झापा र सुनसरीमा पनि एक–एक जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै आइतबार प्रदेश १ मा कोरोना संक्रमितको संख्या २७ पुगेको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    रतुवामाई नगरपालिका– ८ सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका ५३ मध्ये २५ जनामा कोरोना पोजेटिभ देखिएको हो । संक्रमितमध्ये २२ जना भारतबाट आएका हुन् । तीन जना नेपालकै अन्य स्थानबाट आएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्तोषकुमार साहले जानकारी दिए ।

    विराटनगरको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । प्रदेश १ जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा झापाको गौरीगञ्ज गाउँपालिकामा १ जना र सुनसरीको रामधुनी नगरपालिकामा १ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ सय ७१ पुगेको छ ।२०७७ जेठ ३२ गते साँझ ५ :०७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology