• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अस्पतालमा मृत्यु भएका बालकमा कोरोना भेटियो

अस्पतालमा मृत्यु भएका बालकमा कोरोना भेटियो


समायोजन खबर
  • शनिबार, जेष्ठ ३१ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर बारा, शुक्रबार साँझ वीरगन्ज हेल्थ केयर हस्पिटलमा मृत्यु भएको बाराको निजगढ नगरपालिका ६ योजना टोलका पाँच वर्षीय बालकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नारायणी उपक्षेत्रीय अस्पतालमा गरिएको पीसीआर परीक्षणमा ती बालकमा कोरोना पोजेटिभ पाइएको हो ।

    गम्भीर बिरामी भएर निजगढका विभिन्न क्लिनिकमा उपचार गराउँदै आएका बालकलाई हिजो शुक्रबार बिहान ११ बजे वीरगन्ज हेल्थ केयर हस्पिटलमा ल्याइएकोमा अस्पतालले इमर्जेन्सी कक्षबाट भेन्टिलेटरमा लैजान आरडीटी परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको थियो ।

    निमोनिया भएको ती बालकको स्वाब संकलन गरी परीक्षणका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा पठाएर भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै साँझ ६ बजे उनको मृत्युु भएको थियो । मृतक बालकको पीसीआर परीक्षणको रिपोर्ट आज पोजेटिभ आएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी गराउनुभयो ।२०७७ जेठ ३१ गते दिउँसो १ :५४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology