• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

लकडाउन खुकुलो : के खुल्छ, के खुल्दैन (जान्नुहोस)

लकडाउन खुकुलो : के खुल्छ, के खुल्दैन (जान्नुहोस)


समायोजन खबर
  • बिहिबार, जेष्ठ २९ २०७७

  • दिक्तेलबजारमा देखिएको मानिसको भीडभाड ।

    समायोजन खबर काठमाडौं, ८० दिन लामो लकडाउनपछि सरकारले लकडाउन खुकुलो पार्ने योजना ल्याएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले लकडाउन खुकुलो पार्ने २१ दिने योजना सार्वजनिक गरेको छ ।त्यसअनुसार शुक्रबारदेखि उपत्यकाभित्र र अन्यत्र जिल्लाभित्र निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइने भएको छ । तर सार्वजनिक यातायातका साधन, अन्तरिक तथा बाह्य हवाई सेवा अहिले पनि बन्द नै रहनेछ ।
    यस्तै पसल र डिपार्टमेन्ट स्टोरहरु खोल्न पाइनेछ । तर सपिङ मलहरु खुला हुने छैनन् । रेष्टुरेन्टहरु प्याकिङ र टेक अवे सेवा दिने गरी खुला गर्न सकिनेछ भने क्वारेन्टिन बनाइएका बाहेकका होटलहरु बन्द नै रहनेछन् । सबै सरकारी, निजी र वित्तीय संस्थाका कार्यालय खुल्नेछन् । तर विहान ८ देखि दिउँसो १ र दिउँसो १ देखि साँझ ६ बजेसम्म दुई सिफ्टमा चलाउनुपर्नेछ ।
    विद्यालय तथा शैक्षिक संस्थाहरु भने बन्द रहनेछन् । सभा समारोह, प्रदर्शन गर्न पाइने छैन भने सिनेमा हल, डान्सबार, पुस्तकालय, संग्रहालय, समूहमा खेलिने खेल, स्वीमिङ पुलहरु पनि खुला हुने छैनन् । सरकारले तोकेका २० बाहेक अरु अन्तर्राष्ट्रिय सीमा नाका पनि बन्द नै रहनेछ ।

    सञ्चालन गर्न नपाइने क्रियाकलापहरु यस्ता छन् ।
    शैक्षिक संस्थाहरु ९यसभित्र विद्यालय, कलेज, ट्युसन सेन्टर र तालिम केन्द्रहरु, अनुमति प्राप्त बाहेकका अन्तरराष्ट्रिय र आन्तरिक उडानहरु, तोकिए बाहेकका अन्तरराष्ट्रिय सीमा नाकाबाट हुने आवत–जावत, सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार लगायतका मनोरञ्जनस्थल, सार्वजनिक पुस्तकालय, संग्रहालय, चिनियाखाना, स्पा, सैलुन र ब्यूटीपार्लर ।

    यस्तै, स्विमिङ पुल, जिमखाना लगायतका हेल्थ क्लबहरु, सपिङ मलहरु, समूहमा खेलिने खेलमुद र खेल मैदानमा हुने प्रस्तुतीहरु, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थलहरु, यात्रुबाहक सार्वजनिक सवारी साधन, पर्यटक सवारी साधनसमेत,काठमाडौं उपत्यकाको हकमा काठमाडौं उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सोही सम्बिन्धत जिल्लाभित्र मात्र जोर बिजोर प्रणालीमा सञ्चालन हुने निजी सवारी साधन बाहेकका अन्य निजी सवारी साधन ।२०७७ जेठ २९ गते साँझ ६:४८ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology