समायोजन खबर मोरङ, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट थप १८ जना डिस्चार्ज भएका छन् ।झापाका १७ जना पुरुष र सुनसरीकी एक महिला गरी १८ जना कोरोनामुक्त भएका हुन् । उनीहरु सबैको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले बताउनुभयो । उहाँका अनुसार डिस्चार्ज हुनेहरु १७ देखि ५२ वर्ष उमेर समूहका छन् ।
योसँगै प्रदेश १ मा कोरोनाबाट मुक्त हुनेहरुको संख्या ४८ पुगेको छ । विराटनगर कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रबाट ३० जना डिस्चार्ज भएका छन् ।हिजो प्रदेश १ मा १ सय ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो जसमध्ये ८० जना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा र ३९ जना विराटनगरको कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचाररत छन् ।२०७७ जेठ २० गते अपरान्ह ३:४२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology