• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भारत तथा तेश्रो मुलुकबाट आउनेलाई सिधै क्वारेन्टाइनमा

भारत तथा तेश्रो मुलुकबाट आउनेलाई सिधै क्वारेन्टाइनमा


समायोजन खबर
  • सोमबार, जेष्ठ १९ २०७७

  • कोरोना भाईरस संक्रमण तथा नियन्त्रण सम्बन्धी कार्यदलको बैठकमा सहभागीहरु ।

    समायोजन खबर खोटाङ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले भारत तथा तेश्रो मुलुकबाट आउने नागरिकलाई दुई स्थानमा रहेको क्वारेन्टाइनमा राख्ने भएको छ । भारत तथा तेश्रो मुलुकमा अलपत्र परेका नेपालीहरुलाई सरकारले उद्धार गर्न लागेकाले उनीहरुलाई राख्नका लागि गाउँपालिकाले दुई स्थानको क्वारेन्टाइन तोकेको हो ।
    सोमबार गाउँपालिकाको सभाहलमा बसेको कोरोना भाईरस संक्रमण तथा नियन्त्रण सम्बन्धी कार्यदलले अब भारतबाट पालिका भित्रनेले बतासेको भण्डारेघाटको क्वारेन्टाइन र तेश्रो मुलुकबाट पालिका भित्रनेहरु याम्खा स्वास्थ्य चौकीमा बनाइएको क्वारेन्टाइनमा राख्ने निर्णय गरेको गाउँपालिकाका सूचना अधिकारी मणिचन्द्र राईले जानकारी दिए । त्यसको लागि सम्पूर्ण तयारी पूरा भएको छ ।

    यस्तै, देशकै विभिन्न क्षेत्रबाट गाउँपालिका भित्रनेहरुलाई पालिकाले तोकेको क्वारेन्टाइनमा राख्ने निर्णय भएको छ । लुकिछिपी प्रवेश गर्नेलाई विभिन्न वडामा रहेको क्वारेन्टाइनमा राखिनेछ । ७ वडा रहेको गाउँपालिकाले ६ वडामा क्वारेन्टाइन निर्माण गरेको छ ।
    अब उपरान्त गाउँपालिकामा वसोवास गर्नेगरी प्रवेश गर्ने नागरिकहरुलाई तोकिएको क्वारेन्टाइनमा राखेर संक्रमण फैलिन नदिन स्थान तोकिएको गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले बताए ।२०७७ जेठ १९ गते राती ८ :५० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology