योगिन राई काठमाडौ, गायक केशब भाबुक र बेनुका राईको स्वरमा सजिएको एक चिलिम बजारमा बोलको गीतको भिडियो सार्वजनिक भएको छ । लोक डान्सिङ शैलिमा तयार भएको गीतमा गायक केशबकै शब्द तथा सँगीत रहेको छ ।
भिडियोमा हास्यकलाकार सागर लम्साल बले र सायसाको अभिनय रहेको छ । त्यसैगरि भिडियोको निर्देशनमा तथा सम्पादनमा बिज्ञान राई, छायाँकनमा राम कुमार केसी, एरेन्जरमा बिनय कार्कि, कोरियोग्राफर सुमन तामाङको रहेको छ । त्यसैगरि भिडियोमा लगानी गोबिन्द गुरुङको छ ।
जन्मथलो खोटाङ रहेको र राजधानिलाइ कर्मथलो बनाउदै आएको गायक भाबुकले यसअघि दुख्छ मुटु , छाडेपनि यो हावा बहन , कस्को भरमा चलेको छ दुनियाँ लगायतको गीतहरु सार्वजनिक गरिसकेका छन् । अब चाडै ४,५ वटा गीतको भिडियो सार्वजनिक गर्ने तयारी रहेको भाबुकले बताए । गायक भावुक पछिल्लो समय संगीतिक क्षेत्रमा आफूलाई निकै बुलन्द बनाउदै आएका गायक हुन ।२०७७ जेठ १९ गते राती ८ :१२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology