• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

चार कृषक समुहलाई उन्नत जातको कागतीको विरुवा

चार कृषक समुहलाई उन्नत जातको कागतीको विरुवा


समायोजन खबर
  • आइतबार, जेष्ठ १८ २०७७

  • कृषक समुहलाई कागतीको विरुवा वितरण गर्दै बतासेका वडाध्यक्ष लोकेन्द्र राई लगायत ।

    समायोजन खबर खोटाङ,खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित इजाराका चारवटा कृषक समुहलाई उन्नत जातको कागतीको विरुवा वितरण गरिएको छ । कागती पकेट विस्तार कार्यक्रम अन्तर्गत आइतबार ‘बिजु सुन कागती १’,को विरुवा वितरण गरिएको हो ।
    गाउँपालिकाको आर्थिक बर्ष २०७६/०७७ को वार्षिक कृषि तथा पशु विकास कार्यक्रम अन्तर्गत कागती पकेट बिस्तार कार्यक्रमका लागि गाउँपालिकाको २ लाख ४० हजार अनुदान र चार समुहको ४८ हजार लगानीमा धनकुटाबाट कागतीको विरुवा खरीद गरेर हरियाली कृषक समुह बतासे इजारा, राम्चे हरियाली कृषक समुह, देविस्थान कृषक समुह, खावासी कृषक समुहलाई प्रति समुह ८७५ वटाका दरले विरुवा वितरण गरिएको गाउँपालिकाका कृषि प्राविधिक लक्ष्मीप्रसाद रेग्मीले जानकारी दिए ।

    गाउँपालिका र समुहको २ लाख ८८ हजार मध्येबाट १ लाख ५ हजारको ३ हजार ५ सय वटा कागतीको विरुवा खरीद गरेर ल्याई समुहलाई वितरण गरिएको हो । विरुवा बतासेका वडाध्यक्ष लोकेन्द्र राई, गाउँपालिकाका कृषि प्राविधिक लक्ष्मीप्रसाद रेग्मी लगायतले वितरण गरेका हुन् ।
    तराईबाट खाद्यान्न लगायत सामान बोकेर आउने मालबाहक सवारी साधनलाई कृषिजन्य उत्पादनले भरेर पठाउनू पर्छ भन्ने उद्देश्यले कागती पकेट क्षेत्रको रूपमा सुरुवात गरिएको गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले बताए ।२०७७ जेठ १८ गते साँझ ५ :५७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology