समायोजन खबर खोटाङ, सामुदायिक वन उपभोक्ता महासंघले दिप प्रज्वलन र बृक्षरोपन गरेर २५ औं स्थापना दिवस मनाउने भएका छन् । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संम्भावित संक्रमण लाग्नबाट बच्न कुनै पनि खुल्ला कार्यक्रम नगरी आ–आफ्नो घरमै बसेर स्थापना दिवस मनाउने भएका हुन्।
सामुदायिक वन उपभोक्ता महासंघको परिपत्र र परिस्थितिलाई मध्यनजर गरी सामुदायिक वन उपभोक्ता महासंघको आधिकारिक धारणा सार्वजनिक गर्दै र शनिबार (आज) साँझ दिप प्रज्वलन र भोली बिहान बृक्षरोपन गरेर २५ औं स्थापना दिवस मनाउन आग्रह गरिएको सामुदायिक वन उपभोक्ता महासंघ खोटाङका अध्यक्ष राजेन्द्र राईले बताए।
१८ जेठ बिहान महासंघका पदाधिकारी सदस्य, सामुदायिक वन उपभोक्ताहरु र विभिन्न निकायलाई एक घर बराबर १ देखी ५ बोट विरुवा रोप्न महासंघले आग्रह गरेको छ । महासंघले घर वरपर फलफूल, डालेघाँस लगायत अन्य प्रजातीका विरुवा बृक्षरोपन गरेर दिवस मनाउन अपिल गरेको छ । जिल्लाभर ४१९ वटा सामुदायिक वन समुहभित्र २ लाख ५३ हजार ९ सय ९८ जना ब्यक्तिहरु आवद्ध छन् ।२०७७ जेठ १७ गते अपरान्ह ३ :२२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology