• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

ब्रेकिङ : ऐसेलुखर्कमा दुई जनाको आरडिटि रिपोर्ट ‘पोजेटिभ’, गाउँपालिका सिल

ब्रेकिङ : ऐसेलुखर्कमा दुई जनाको आरडिटि रिपोर्ट ‘पोजेटिभ’, गाउँपालिका सिल


समायोजन खबर
  • शुक्रबार, जेष्ठ १६ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, खोटाङको ऐसेलुखर्क गाउँपालिकामा दुई जनाको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) रिपोर्ट ‘पोजेटिभ’ आएको छ । गाउँपालिकाले शुक्रबार गरेको आरडिटि परिक्षणमा एकजना स्वास्थ्यकर्मी र एकजना वडा सचिवको आरडिटि रिपोर्ट ‘पोजेटिभ’ आएको हो ।
    गाउँपालिकाले स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी गरी ४८ जनाको आरडिटि टेष्ट गरेको गाउँपालिकाले जनाएको छ । दुई जनामा आरडिटि पोजेटिभ देखिएपछि अर्को आदेश नभएसम्मका लागि गाउँपालिका सिल गरिएको छ ।
    गाउँपालिकामा सवारीसाधन आवतजावत, व्यापार, व्यवसाय नगर्न/नगराउन पनि पालिकावासीलाई आग्रह गरिएको छ । साथै गाउँपालिकाबाट प्रदान गरिने सवै सेवा अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए ।
    २०७७ जेठ १६ गते साँझ ५ :१४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology