• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मल नपाएको किसानको गुनासो

मल नपाएको किसानको गुनासो


समायोजन खबर
  • शुक्रबार, जेष्ठ १६ २०७७

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर खोटाङ, खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका किसानले मल नपाएको गुनासो गरेका छन् । साविकको चिसापानी–४ का किसानले अन्नबाली लगाए पनि हालसम्म किन्नका लागि समेत रासायनिक मल नपाइएको गुनासो गरेका हुन् । बिहिबार भएको किसानको भेलाले तत्काल बजारमा मल उपलव्ध गराउने वाताबरणका लागि गाउँपालिका समक्ष माग गर्ने निर्णय गरेका छन् ।

    जारी लकडाउनका कारण स्थानीय व्यवसायीले मल ढुवानी गर्न नसक्दा बजारमा मलको अभाव भएको जन्तेढुंगा गाउँपालिकास्थित कांग्रेसका छायाँ सरकार प्रमुख खेमबहादुर खड्काले बताए । ‘गाउँपालिकाले गत वर्षदेखि नै अनुदानको मल दिएको छैन । किसानले बजारमा पुगेर आफै मल किनेर प्रयोग गर्दैआएका थिए,’ खड्काले भने, ‘यसपल्ट लकडाउनले गर्दा व्यवसायीले बजारमा मल ल्याउन सकेको छैन । बजारमा मल छैन । कम्तीमा बजारमा जाँदा मल किन्न पाइयोस् भन्ने किसानको माग छ ।’

    चिसापानीका किसानले जताततै फैलिएको अमेरिकन फौजी किरा नियन्त्रणका लागि गाउँपालिका समक्ष गुहार माग्ने पनि निर्णय गरेको छ । अनियन्त्रितरुपमा फैलिएको फौजी किराले मकै, धान लगायतका बालीनाली सखाप पारेको भन्दै नियन्त्रणका लागि गाउँपालिका समक्ष सहयोगको याचना गरेको हो । फौजी किरा जन्तेढुंगा गाउँपालिकाका अधिकांश स्थानमा फैलिएको किसानको भनाई छ । फौजी किराले प्रमुख बालीका रुपमा लगाइएको मकैको बिरुवाको मुन्टा, गुभा, पात खाएर नष्ट गर्ने गरेको छ । अन्नबाली नष्ट हुँदा उत्पादन घट्ने र भोकमरी लाग्नेमा किसान चिन्तित छन् ।
    जन्तेढुंगा गाउँपालिकाकी उपाध्यक्ष बिमला राईले भने रासायनिक मललाई कम गर्दै अर्गानिक खेतीमा जोड दिने योजना बनाइएको बताईन् ।२०७७ जेठ १६ गते दिउँसो २ :०३ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology