समायोजन खबर खोटाङ, खोटाङको बराहपोखरी गाउँपालिकाले लकडाउनबाट पिडित भएका ७३८ परिवारलाई राहत बाँडेको छ । लकडाउनका कारण आयमुलक काम गर्न नपाउँदा समस्यामा परेका ६ वटै वडाका विपन्न परिवारलाई गाउँपालिकाले १५ लाख बराबरको चामल, दाल, नुन, तेल प्रदान गरेको हो ।
बराहपोखरी गाउँपालिका–१ बराहपोखरीका २८८ परिवारलाई, बराहपोखरी गाउँपालिका–२ सुन्तलेका ८५ परिवारलाई, बराहपोखरी गाउँपालिका–३ साउनेचौरका १२१ परिवारलाई राहत बाँडिएको गाउँपालिकाका प्रशासन सहायक रमेश पोखरेलले बताए । यस्तै, बराहपोखरी गाउँपालिका–४ फाक्टाङका ७५ परिवारलाई, बराहपोखरी गाउँपालिका–५ पौवासेराका १०९ परिवारलाई र बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका ६० परिवारलाई राहत बाँडिएको गाउँपालिकाले जनाएको छ ।
एक देखि दुई जना सदस्य संख्या भएका परिवारलाई प्रतिपरिवार १० केजी चामल, १ केजी दाल, आधा लिटर तेल र एक केजी नुन, दुई देखि चार जनाको परिवारलाई प्रतिपरिवार २० केजी चामल, २ केजी दाल, एक लिटर तेल र २ केजी नुन तथा पाँच जनाभन्दा बढि संख्या भएका परिवारलाई २५ केजी चामल, ३ केजी दाल, डेढ लिटर तेल र २ केजी नुन वितरण गरिएको छ । जेठ ४ गतेदेखि शनिबारसम्ममा लकडाउन पिडित परिवारलाई राहत बाँडिसकिएको गाउँपालिकाका प्रशासन सहायक पोखरेलले बताए । राहत वितरणका लागि गाउँपालिका अध्यक्ष शालिकराम बञ्जरा, उपाध्यक्ष गोमा मगर लगायतका जनप्रतिनिधि ट्याक्टरमा राहत बोकेर वडा–वडामा पुगेका थिए । २०७७ जेठ ११ गते अपरान्ह ४ :४९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology