• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री

जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री


समायोजन खबर
  • बिहिबार, जेष्ठ ८ २०७७

  • अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष बबि चाम्लिङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै प्रतिनिधिसभा सदस्य विशाल भट्टराई (दायाँ)। तस्विर चिसाङ शेर्पा

    चिसाङ शेर्पा खोटाङ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागबाट प्राप्त स्वास्थ्य सामग्रीहरु जिल्ला अस्पताल खोटाङलाई हस्तान्तरण गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) बाट बच्न र यसको परिक्षणको दायरा बढाउन स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको हो ।
    खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको पहल र समन्वयमा मन्त्रालयबाट प्राप्त भएको १७ हजार ६२८ रुपैयाँको ८ लिटर सेनिटाइजर, १० लाख ८५ हजार बराबरको ५ सय थान (भिटिएम)पिसिआर टेष्ट किट , ५ सय थान आरडिटी टेष्ट किट, ५० थान गाउन, फेस सिल्ड २० पिस, एन ९५ मास्क ५० थान, सर्जिकल क्याप ५० थान, सर्जिकल मास्क १ हजार थान, ग्लोव्स १ सय जोर, सेफ्टी चश्मा ३० थान, सू कभर ५० जोर, थर्मोमिटर २० थान बिहीबार जिल्ला अस्पतालको प्राङगणमा प्रतिनिधिसभा सदस्य भट्टराईले अस्पताल सञ्चालन तथा व्यावस्थापन समितिका अध्यक्ष बबि चाम्लिङ्लाई हस्तान्तरण गरेका हुन् ।
    हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा एकजना युवामा कोरोना भाइरस संक्रमण देखिएको र जिल्ला बाहिरबाट ठूलो संख्यामा नागरिकहरु भित्रिएको खबरले कोभिड–१९ ले खोटाङ पनि कुनै न कुनै हिसाबले प्रभावित भएको छ भनेर सरकारसँग आग्रह गर्दा स्वास्थ्य मन्त्री र स्वास्थ्य विभागले सकारात्मक रुपमा लिनु भएकाले स्वास्थ्य सामग्री प्राप्त गरिएको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए । यो आफैमा पर्याप्त हैन, अहिलेका लागि पर्याप्त हो तर, भविष्यका लागि अपुग छ । प्रतिनिधिसभा सदस्य भट्टराईले भने, “आगामी दिनमा यसलाई थप गर्नका लागि निरन्तर पहल कदमी गरिरहनेछौ ।”
    संकास्पद र संम्भावित व्यक्तिहरु विरामीहरुलाई ट्रेसिङ गरेर छिटोभन्दा छिटो टेष्ट गर्ने काम तीव्रगतीमा बढाउनुपर्ने भट्टराईको भनाई छ । १ नम्बर प्रदेशमा तीन ठाउँमा कोरोना परिक्षण भइरहेको र, अझै थुप्रै स्थानमा परिक्षण विस्तार गरिनुपर्ने उनले बताए । विगतमा प्रदेश सरकारबाट पाप्त भएको स्वास्थ्य सामग्रीहरु दुई नगरपालिका, आठ गाउँपालिकालाई समानुपातिक हिसाबले वितरण भएको र अहिले पनि त्यसरी नै वितरण गरिने अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष बबि चाम्लिङले बताए । कतिपय पालिकाहरुले आफैले स्वास्थ्य सामग्री खरीद गरेको र कतीपय पालिकाले कम खरीद गरेको अवस्था छ । त्यही हिसाबले आवश्यकता र औचित्यको आधारमा दश वटा स्थानीय तहलाई स्वास्थ्य सामग्री वितरण गरिनेछ । जिल्ला अस्पतलालाई आवश्यक पर्ने पिपिई लगायत सामग्री अस्पतालमा राख्छौ । अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष चाम्लिङ्ले भने, ‘बाँकी सामग्रीहरु आवश्यकता र औचित्यका आधारमा दशै वटा स्थानीय तहलाइ वितरण गर्छौ ।’ कोरोना भाइरसले प्रभावित बनाएको खोटाङमा आगामी दिनहरुमा पनि संकास्पद र संम्भावितहरुलाई द्रुत ट्रेसिङ, कोरोना परिक्षणको दायरा बढाउने, स्वास्थ्य सामग्रीहरु जुटाउनेजस्ता काममा सवैजना एकजुट भएर लाग्नुपर्ने देखिएको छ । २०७७ जेठ ८ गते दिउँसो १ :१५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology