चिसाङ शेर्पा खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाले बाहिरका मानिसलाई वडाभित्र आवतजावतमा रोक लगाएको छ । छिमेकी नगरपालिका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका एकजना युवामा सोमबार कोरोना संक्रमण भएको पुष्टि भएपछि आवतजावतमा पूर्णरुपमा रोक लगाएकोे हो ।
कोरोना भाइरसको संक्रमणबाट सुरक्षित हुनका लागि वडाभित्र बाहिरका मानिसलाई आवतजावत गर्न पूर्णरुपमा रोक लगाइएको नुनथलाका वडाध्यक्ष भिम राईले बताए । वडाध्यक्ष राईका अनुसार वडामा मंगलबार बसेको सर्वदलीय बैठकले नुनथलाका नागरिकहरुलाई वडाभन्दा बाहिर तथा अन्य पालिकाहरुमा पाहुना भएर नजान र पाहुना भएर आउन पनि नदिने निर्णय गरेको छ ।
यस्तै, सर्वदलीय बैठकले मध्यपहाडी लोकमार्ग सडक आसपासमा रहेका होटल तथा पसलहरु पूर्ण रुपमा बन्द गर्ने, खाद्यान्न तथा किराना पसल बिहान ७ वजेदेखी १० वजेसम्म र बेलुकी ५ वजेदेखी ६ बजेसम्म दुरी कायम गरी खुल्ला गर्ने निर्णय गरेको छ । वडाले सवैलाई सचेत र सजकता अपनाउन बुधबारदेखी माइकिङ पनि गर्न थालेको छ ।
यस्तो विषम परिस्थितीमा वडाको निर्णय पालना नगर्नेलाई कानुन वमोजिम कारवाही गरिने वडाध्यक्ष राईले बताए । वडाले गरेको निर्णय भोलीसम्म कार्यान्वयनको अवस्था हेरिने र पालना नभएमा पुनःसजकता गराइनेछ ।२०७७ जेठ ७ गते राती ९ :०८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology