• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

संक्रमित भेटिएपछि छिमेकी वडामा उच्च सतर्कता

संक्रमित भेटिएपछि छिमेकी वडामा उच्च सतर्कता


समायोजन खबर
  • बुधबार, जेष्ठ ७ २०७७

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा कोरोना भाइरसको संक्रमित फेला परेसँगै छिमेकी वडामा उच्च सतर्कता अपनाइएको छ । छिमेकी वडामा संक्रमित फेला परेपछि संक्रमणको जोखिम बढेको भन्दै हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारस्थित कोरोना भाइरस रोकथाम तथा नियन्त्रण वडा स्तरिय समन्वय समितिले एक टोलबाट अर्को टोलमा जान रोक लगाएको छ । एक टोलबाट अर्को टोलमा जानै पर्ने भए वडाले तोकेको सम्पर्क व्यक्तीको अनुमती लिएर मात्र जान पाइने नियम बनाइएको वडाध्यक्ष भलाराज राईले बताए । अनुमती लिनका लागि साविकको नौ वटै वडामा एक जनादेखि दुई जनाका दरले सम्पर्क व्यक्ती तोकिएको छ । यस्तै, टोलमा पाँच जनाभन्दा बढि भेला हुन नपाइने, वडामा खाद्यान्न वाहेकका अन्य पशल खोल्न नपाइने, खाद्यान्न पशल पनि बिहान ६ बजेदेखि ८ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म मात्र खोल्न पाइने नियम बनाइएको वडाध्यक्ष राईले बताए ।लकडाउनको पालना एबं वडा स्तरिय समन्वय समितिको नियमको पालनाका लागि मंगलबारदेखि प्रहरीचौकी च्यास्मीटारका प्रहरीमार्फत माइकिङ सुरु गरिएको छ । ‘प्रहरीमार्फत माईकिङ गरिरहेका छौँ,’ वडाध्यक्ष राईले भने, ‘लकडाउन पालना भए/नभएको विषयमा टोल टोलमा अनुगमन पनि गरिरहने छौँ ।’ २०७७ जेठ ७ गते साँझ ७ :३४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology