समायोजन खबर खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गर्भवती महिला र शिशुहरूलाई फलफूल तथा सर्वोत्तम पिठो वितरण गरेको छ ।
नगरपालिकाले बुधवार वडा नम्बर ११ खार्मीका ३५ जना गर्भवती महिलाहरुलाई फलफूल तथा छ महिनादेखि १ बर्षभित्रका ५० जना शिशुहरूलाई २ केजीका दरले सर्वोत्तम पिठो वितरण गरेको वडा सचिव चित्रकुमार सुवेदीले जानकारी दिए ।
कोरोना भाइरसका कारण लकडाउनमा बस्न बाध्य गर्भवती र शिशुहरूको स्वास्थ्यलाई ध्यानमा राखेर फलफूल तथा सर्वोत्तम पिठो वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
नगरप्रमुख दिपनारायण रिजाल, उपप्रमुख विणादेवी राई, वडाध्यक्ष रामचन्द्र राई, स्वास्थ्य शाखा संयोजक तीर्थराज आचार्यलगायतको टोलीले वडामा पुगेर वितरण गरेको वडा सचिव सुवेदीले जानकारी दिए ।२०७७ जेठ १ गते बिहान ९ : २१ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology