समायोजन खबर खोटाङ, नेपालमा थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको परिक्षण अनुसार बिहीबार बिहान ७ : ४५ सम्ममा थप ५ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको हो ।
कोभिड १९ संक्रमण पुष्टि हुनेमा सर्लाही धान्कौल नगरपालिकाका ४५ वर्षीय पुरुष, धनुषाको जनकपुर नगरपालिका मिथिला नगरपालिका ४० वर्षीय पुरुष र २० वर्षीया महिला, महोत्तरीको जलेश्वर नगरपालिका र बलवा नगरपालिका १६, ३५ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।
संक्रमितहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २५० जना पुगेको छ ।२०७७ जेठ १ गते बिहान ८ :४८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology