• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कालापानी जाँदै सशस्त्र

कालापानी जाँदै सशस्त्र


समायोजन खबर
  • बुधबार, बैशाख ३१ २०७७

  • दार्चुला पुगेका सशस्त्र बलको टोली ।

    समायोजन खबर दार्चुला,  दार्चुलाको कालापानी क्षेत्रको लागि सशस्त्र प्रहरीको टोली काठमाडौंबाट दार्चुला पुगेको छ । कालापानी क्षेत्रको लागि नेपाली सेनाको हेलिकप्टर मार्फत सशस्त्र प्रहरीको टोली काठमाडौंबाट विहान ११ बजे दार्चुला सदरमुकाममा रहेको दुर्गादल गुल्ममा अबतरण भएको छ ।

    टोलीमा गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्रा.डा. ईन्द्रजित राई र सशस्त्र प्रहरी वलका एआईजी नारायणबाबु थापा समेत रहेका छन् । कालापानी नजिकै छाङरुमा सशस्त्र प्रहरी बलको सिमा सुरक्षा चेकपोस्ट (बिओपी) स्थापनाका लागी दार्चुलाको खलंगाबाट २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरीको टोली आफ्ना बन्दोबस्तिका साथ छाङरु जाने कार्यक्रम छ।

    छाङरुमा प्रहरी निरीक्षकको कमाण्डमा २५ जना सशस्त्र प्रहरी रहनेछन्। उनीहरुले सीमा रक्षा गर्नुका साथै अपराध नियन्त्रणमा भूमिका खेल्नेछन्। कालापानीबाट १० किलोमिटरको दुरीमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट राख्न लागिएको छ ।२०७७ बैशाख ३१ गते दिउँसो २:०१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology