समायोजन खबर खोटाङ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ३६ जनाको र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) रिपोर्ट नेगेटिभ देखिएको छ । गाउँपालिकाले दोश्रो चरणमा गरेको आरडिटि परिक्षणमा सवै जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको हो ।
क्वारेन्टाइनमा बसेर फर्केका र संकास्पद २५ जना पुरुष र ११ जना महिलाको मंगलबार आरडिटि रिपोर्ट नेगेटिभ आएकोे गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले बताए । प्रदेश सरकारले उपलब्ध गराएको २६ र वान हर्टले उपलब्ध गराएको १० वटा टेष्ट किटले उनीहरुको आरडिटि गरिएको हो ।
गाउँपालिकामा रहेका अन्य संकास्पद ब्यक्तिहरुको पनि केही दिन पछिबाट आरडिटि परिक्षण गरिने गाउँपालिकाले जनाएको छ । जसको लागि गाउँपालिकाले किट खरीद गरीसकेको छ । यस्तै, हलेसी तुवाचुङ नगरपालिकाले पनि दोश्रो चरणमा २६ जनाको र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) गर्दा रिपोर्ट नेगेटिभ देखिएको छ ।
यसैगरी, साकेला गाउँपालिकाले दोश्रो चरणमा २२ जनाको र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) गर्दा २० जनाको रिपोर्ट नेगेटिभ आएको थियो । दुईजना पुरुषको आरडिटि पोजेटिभ देखिए पनि पिसिआर परिक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएको गाउँपालिका अध्यक्ष अर्जुन कुमार खड्काले जानकारी दिए ।२०७७ बैशाख ३१ गते मध्यान्ह १ : २४ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology