चिसाङ शेर्पा खोटाङ, जिल्ला कारागार खोटाङमा क्षमताभन्दा बढी कैदीबन्दी तथा थुनुवा राखिदा ठूलो समस्या भएको छ । पुरुष ब्लगमा क्षमताभन्दा बढी कैदी तथा थुनुवा राखिदा खाना, बस्न, सुत्न र चर्पी प्रयोग गर्न समस्या भएको हो ।
६६ जना पुरुष र ३३ जना महिला गरी ९९ जना अटाउने क्षमता भएको जिल्ला कारागारको पुरुष ब्लगमा १२५ जना कैदी तथा थुनुवालाई राख्नु परेको जिल्ला कारागार खोटाङका सूचना अधिकारी चन्द्रप्रसाद आचार्यले जानकारी दिए । ६६ जनाको स्थानमा १२५ जना राख्नुपर्दा चर्पी, खाना, सुत्न, बस्न समस्या भएको छ ।
कारागार व्यवस्थापन विभाग र गृह मन्त्रालयले क्षमता बढाउनुपर्ने र क्षमता नबढाए सेवा सुविधा भएको स्थानमा कैदीबन्दी व्यवस्थापन गरिनुपर्ने सूचना अधिकारी आचार्यको भनाई छ । यहाँको समस्याको समाधान कारागार व्यवस्थापन विभाग र गृहले मिलाउनुपर्ने देखिएको छ ।
कारागारमा थुनुवा पुरुष १८ जना, महिला १ जना र कैदी पुरुष १०७ जना र महिला २ जना गरी १२८ जना कैदी तथा थुनुवा रहेका छन् । उनीहरुमध्ये १२५ पुरुष र ३ जना महिलाले विभिन्न प्रकृतिका मुद्दामा कैद भुक्तान गरिरहेका छन् ।
कैदीबन्दी र आफन्तविच भेटघाट बन्द
जिल्ला कारागार खोटाङले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट सुरक्षित हुनका लागि कैदीबन्दी र आफन्तविच भेटघाटलाई बन्द गरेको छ । सरकारले चैत्र ११ गते नेपाललाई लकडाउन गरेसँगै कैदीबन्दी र आफन्तविच पूर्णरुपमा भेटघाट बन्द गरेको हो ।
बाहिरको मानिस र कैदीबन्दी बिच भेटघाट निषेधित गरिएको जिल्ला कारागार खोटाङका सूचना अधिकारी चन्द्रप्रसाद आचार्यले जानकारी दिए । भित्र रहेका कैदीवन्दीहरु आफूहरुमा दुरी कायम गरेर बसिरहेको र सुरक्षित रहेको आचार्यले जनाए ।
कैदीबन्दी विरामी भएको खण्डमा लकडाउनले प्रभावित बनाएको उनको भनाई छ । गाडीमा चढाएर लानुपर्ने कैदीबन्दीलाई हिडाएर लैजानुपर्ने बाध्यता रहेको छ । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै कैदीबन्दी र आफन्तविच भेटबाट बन्द गर्दा कैदी तथा थुनुवालाई समस्या भने, भएको चौकीदार प्रताप राईले सुनाए ।२०७७ बैशाख ३१ गते बिहान ११ :३६ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology