समायोजन खबर खोटाङ, खोटाङमा भालुको आक्रमणबाट एक जना गम्भीर घाईते भएका छन् । साकेला गाउँपालिका वडा नम्बर–१ बाँझेच्यानडाँडास्थित सेखुवा घर भएका २६ वर्षीय जयकुमार राई गम्भीर घाईते भएका हुन् ।
धुपीढुङ्गा जंगलमा आइतबार घाँस काट्न गएका राईलाई भालुले आक्रमण गरेको स्थानीयलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक आमोद कुमार खेरवारले जानकारी दिए । भालुको आक्रमणमा परेका राईको आँखा, घाँटी र टाउकोमा गम्भीर चोट लागेको खेरवारले जानकारी दिए ।
भालुको आक्रमणबाट गम्भीर घाइते राईलाई स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार गराई जिल्ला अस्पताल दिक्तेल ल्याईएको थियो । राईको जिल्ला अस्पतालमा उपचार हुन नकसेपछि काठमाडौं रेफर गरिएको छ ।२०७७ बैशाख ३० गते अपरान्ह ४ :२२ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology