समायोजन खबर खोटाङ, सप्तरीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वि. पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा गरिएको परिक्षण अनुसार सोमबार पुनः थप १ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको हो ।
कोभिड १९ संक्रमण पुष्टि हुनेमा सप्तरी डाक्नेश्वरी नगरपालिका–३ निवासी वर्ष १८ का पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।
संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् । उनको अवस्था सामान्य रहेको जनाइएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको आजै बिहान मात्र कपिलवस्तुमा १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।२०७७ बैशाख २९ गते दिउँसो २ : २९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology