• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

लकडाउनको सदुपयोग : सडक स्तरोन्नतीमा युवा

लकडाउनको सदुपयोग : सडक स्तरोन्नतीमा युवा


समायोजन खबर
  • शुक्रबार, बैशाख २६ २०७७

  • हरेलोडाँडा–तापखोला सडक अन्र्तगत कालिका मावि खार्मी–तापखोला सडक स्तरोन्नती गरिदै ।

    समायोजन खबर खोटाङ,कोरोना भाइरस प्रकोपका कारण यतिवेल संसार नै चिहिलविहिल छ । नेपाल पनि अछुत रहन सकेन । नेपालभर जस्तै खोटाङ पनि क्रमशः लम्विएको लकडाउनको कारण घरभित्रै छन् ।
    यसवीचमा खोटाङका कतिपय स्थानीयले भने लकडाउनलाई अवसरको रुपमा लिँदै गाउँको विकास निर्माणका कार्यहरुलाई तीव्रता दिएका छन् । कोरोना संक्रमण रोकथामको उपाय अपनाउँदै सामाजिक दुरी कायम राखी जिल्लाका स्थानीयहरु विकास निर्माणमा जुटेका छन् ।

    कोरोना न्युनिकरण तथा रोकथामका लागि नगरपालिकाभित्रका वडा तथा अन्य गाउँपालिकावाट वाहिरिन र भित्रिन नदिन स्वयमसेवी रुपले जुटिरहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका केही युवाहरु भने सडक स्तरोन्नतीको कार्यमा खटिरहेका छन् ।
    स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत विनियोजित १५ लाख रुर्पैयाँ वजेटमा स्तरोन्नती हुने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा सडक स्तरोन्नती गर्न स्थानीय युवा लगायतले श्रमदान गरिहेका छन् । करिव ८ वर्ष अघि ट्र्याक खोलिएको हरेलोडाँडा–तापखोला सडक अन्र्तगत कालिका मावि खार्मी–तापखोला सडक स्तरोन्नतीका लागि सङ्घीय सांसद विशाल भट्टराईमार्फत वजेट विनियोजन भएको थियो ।

    बैशाख २१ देखि शुरु भएको सडक स्तरोन्नती कार्यमा दैनिक १५ देखि २५ जनासम्म युवाहरु श्रमदानमा जुटिरहेको स्थानीय समाजसेवी ईखवहादुर राईले वताए । कालिका माविदेखि तापखोलासम्म साँढे सात किलोमिटर रहेको सडकखण्डलाई कम्तीमा पाँच मिटर चौडाईको निर्माण गरी ग्रेड मिलाउने टुंगो भएको राईको भनाई छ ।

    हेमन्त राईको अध्यक्षतामा गठित निर्माण उपभोक्ता समितिले वजेट स्टिमेटभन्दा गुणस्तरमा सडक स्तरोन्नती गर्ने दावी गरेका छन् । दिक्तेल–खार्मी–वास्पानी–वाक्सिलाको सवैभन्दा छोटो दुरीको सडक भए पनि सवै निकायवाट वेवास्ता हुँदै आएको स्थानीय वताउँछन् ।
    उक्त सडक सञ्चालनका लागि वर्षेनी स्थानीय युवाहरु आफै जुट्दै आएको निर्माण उपभोक्त समितिका अध्यक्ष हेमन्त राईको भनाई छ । स्तरोन्नती गर्न शुरु गरिएकोे सडकका लागि १५ लाख रुपैंयाँ अति कम हुने भएकाले सवैसँग आर्थिक तथा श्रमदानको अपेक्षा र अनुरोध गरिएको अध्यक्ष राई वताउछन् ।२०७७ बैशाख २६ गते साँझ ६ : ४९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology