चिसाङ शेर्पा खोटाङ, खोटाङको ऐंसेलुखर्क गाउँपालिकाले नियमित औषधी सेवन गरिरहने दिर्घरोगीहरुलाई निःशुल्क औषधि वितरण गर्न थालेको छ । कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमण न्यूनीकरणका लागि गरिएको लकडाउनबाट प्रभावित भएका दिर्घरोगीहरुलाई औषधि वितरण सुरु गरेको हो ।
गाउँपालिकाले दम, युरिक एसिड, प्रेसर, थाइराइड, मुटु रोगी, ग्याष्ट्रिक, अल्सर, शुस्तमनस्थिती लगायत औषधि नखाइ नहुने दिर्घरोगीहरुका लागि औषधि व्यवस्थापन गरेर स्वास्थ्य चौकी मातहतबाट शुक्रबारदेखी निःशुल्क औषधि वितरण थालेको ऐंसेलुखर्क गाउँपालिकाका सूचना प्रविधि अधिकृत सिजन राईले जानकारी दिए ।
औषधि वितरणको पहिलो दिन प्रथामिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमार्फत ३४ जना, स्वास्थ्य कार्यालय माक्पामार्फत १४ जना, स्वास्थ्य केन्द्र बाकाचोलमार्फत ५ जना, स्वास्थ्य केन्द्र महेश्वरीमार्फत १४ जना र स्वास्थ्य केन्द्र ज्यामिरेमार्फत ९ जना गरि ७६ जनालाई औषधि वितरण गरिएको हो ।
औषधि ऐंसेलुखर्क गाउँपालिका अध्यक्ष विश्वनाथ निरौला र वडा नं. ३ ऐंसेलुखर्कका वडाध्यक्ष राजेशराज भण्डारीले वितरण गर्नुभएको हो । बाँकी अन्य वडाहरुमा क्रमशः औषधि वितरण गरिने जनाइएको छ । लकडाउनबाट दिर्घरोगीहरु प्रत्यक्ष प्रभावित हुने भएकाले गाउँपालिकाले घर घरमा लगेर औषधि दिने घोषणा गरे वापत औषधि वितरण थालिएको गाउँपालिका अध्यक्ष निरौलाले बताए ।
यसैविच, बराहपोखरी गाउँपालिकाले पनि दिर्घरोगीहरुलाई निःशुल्क औषधि वितरण गरिरहेको छ । गाउँपालिकाले वडा नं. १ बराहपोखरीमा २५ जना, साउनेचौरमा २१ जना, फाक्टाङमा १ जना, सुन्तलेमा ३३ जनालाई औषधि वितरण गरेको गाउँपालिकाका कर्मचारी रमेश पोखरेलले जानकारी दिए ।
दिर्घरोगीहरुलाई औषधि वितरण गर्दै बराहपोखरी गाउँपालिका अध्यक्ष शालिग्राम बञ्जरा ।
औषधि गाउँपालिका अध्यक्ष शालिग्राम बञ्जरा, उपाध्यक्ष गोमा मगर लगायतले वितरण गरेका हुन् । बाँकी वडाहरुमा पनि औषधि वितरण गरिने जनाइएको छ । दुई नगरपालिका आठ गाउँपालिका रहेको जिल्लामा दिप्रुङ चुइचुम्मा गाउँपालिकाले पहिलो पटक दिर्घरोगीहरुलाई निःशुल्क औषधि वितरण गरेको थियो । २०७७ बैशाख २६ गते साँझ ६ : २८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology