• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कोरोना कहर : सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउदै स्थानीय तह

कोरोना कहर : सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउदै स्थानीय तह


समायोजन खबर
  • बुधबार, बैशाख २४ २०७७

  • खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले जारी गरेको सूचना ।

    समायोजन खबर खोटाङ, खोटाङको स्थानीय तहहरुले जिल्लामा सञ्चालित सञ्चारमाध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन थालेका छन् । कोरोना भाइरस न्यूनिकरण तथा रोकथामका लागि अहोरात्र खट्ने सञ्चारकर्मीलाई लक्षित गर्दै उनीहरु आबद्ध सञ्चारमाध्यमका लागि लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन थालेका हुन् ।

    कोरोना भाइरसकोे विषम घडिमा सञ्चारकर्मी, पत्रकारले चलाएको कलमको माध्यमबाट कोरोनासँगको लडाइ जित्न थप हौसला मिलेको र यो बेला सञ्चार माध्यम चलाउन समेत समस्या हुने भएकाले दामासाही रुपमा लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने निर्णय गरिएको सूचना जारी गर्दै हलेसी तुवाचुङ नगरपालिकाले जनाएको छ ।

    कोरोनाको महामारी लडाईलाई जित्न सारा नेपाली लागि परिरहेको अवस्थामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको कामको योगदान गर्दै कोरोना भाइरससँगको लडाइमा सञ्चारकर्मी र पत्रकारले खेलेको भूमिकाको उच्च मूल्यांकनसहित लोक कल्याणकारी विज्ञापन उपलब्ध गराइएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताए ।

    नगरपालिकाले कानुन प्राप्त भई जिल्लाबाट सञ्चालित सञ्चारमाध्यमको समस्यालाई बुझेर १० हजारका दरले लोककल्याणकारी विज्ञापन दिएका हुन् । सञ्चारमाध्यमले नगरपालिकाको उपलब्ध गराएको कोरोना भाइरस रोकथाम लागि सन्देशमूलक विज्ञापन प्रशारण तथा प्रकाशन गर्नुपर्नेछ । दुई नगरपालिका, आठ गाउँपालिका रहेको जिल्लामा सबैभन्दा पहिले दिप्रुङ चुइचुम्मा गाउँपालिकाले जिल्लाबाट सञ्चालित सञ्चारमाध्यमलाई १० हजार बराबरको लोक कल्याणकारी विज्ञापन उपलब्ध गराएको थियो ।
    सञ्चारमाध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउनेमा हलेसी तुवाचुङ नगरपालिका दोश्रो भएको छ । जिल्लामा विधुतीय र छापा माध्यम गरी एक दजर्नबढी सञ्चारमाध्यम सञ्चालनमा छ ।२०७७ बैशाख २४ गते राती ८ :४४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology