• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिक्तेलबजारमा लकडाउनको व्यापक उल्लंघन,सम्बन्धित निकाय मौन

दिक्तेलबजारमा लकडाउनको व्यापक उल्लंघन,सम्बन्धित निकाय मौन


समायोजन खबर
  • बुधबार, बैशाख २४ २०७७

  • दिक्तेलबजारमा देखिएको मानिसको भीडभाड ।

    समायोजन खबर खोटाङ, खोटाङको मूख्य व्यापारिक केन्द्र तथा सदरमुकाम दिक्तेलबजारमा लकडाउनको व्यापक उल्लंघन भइरहेको छ । कोरोना भाइरसको संम्भावित संक्रमण न्यूनीकरणका लागि गरिएको लकडाउनको तेश्रो हप्तायता लकडाउन उल्लंघन भइरहेको हो ।
    बजारको चोकचोकमा मानिस हुल कसेर गफ छाट्नु, प्रहरी, निर्माण व्यवसायी नै होटलमा धुमधाम रमाइलो गर्नु, धेरै मात्रामा दुईपाङग्रे निजी सवारी साधन कुद्नु, प्रशासक, नेता भेला भएर ब्याडमिन्टन खेल्नु, खाद्यान्न तथा दैनिक उपभोग्य सामान खरीद गर्दा अत्याधिक भीडभाड देखिनु, दुरी कायम नहुनु, बजारमा बिनाकामका मानिसहरु अत्याधिक हिडडुल गर्नु, बैंकमा दुरी कायम नहुनुले लकडाउनको उपहास भएको छ ।

    सरकारको पछिल्लो परिपत्र भन्दै प्रशासनले पास दिएपछि दिक्तेलबजार ढलानको काम पनि लकडाउनमै सुरु भएको छ । निर्माण कार्य हुनै हुन्न भन्ने हैन तर, तोकिएको स्वास्थ्य सामग्री, सामाजिक दुरी कायम पटक्कै भएको छैन । कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ढलानको काम आम मानिसलाई रमिता भएको छ । दिक्तेलबजारको लकडाउन भद्दामजाक र अट्टहास लाग्छ । प्रहरी, प्रशासन, स्थानीय सरकार निरिह देखिएको छ ।

    दिक्तेलबजारमा लकडाउन खुकुलो भएको हो भन्दै, प्रहरी, प्रशासन, स्थानीय सरकारको सामाजिक सन्जालहरुमा आलोचना हुन थालेको छ । ‘बजारमा बिहानैदेखि मान्छेको भिड्भाड देखिन्छ । न सामाजिक दुरि कायम छ । न कुनै साबधानी अपनाएको देखिन्छ । खोटाङ उधोग वाणिज्य संघका महासचिव मनोज कुमार वजिमयले फेसबुक स्टाटस लेखेका छन् । रातारात गाडीहरुले मान्छेहरु बाहिर जिल्लाबाट भित्र्याइएको छ । उनीहरुलाई न क्वारेन्टाइनमा राखिएको छ, न संक्रमण परिक्षण गरिएको छ । के यहि हो लकडाउन वजिमयले प्रश्न गरेका छन् ।
    दिक्तेलबजार सदरमुकाम पनि भएको र अत्यावश्यक कामका लागि सबै पालिकाका मानिसहरु आउनुपर्ने भएकाले आवतजावत बढी भएको र यसलाई व्यवस्थापन गर्न छलफल भइरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले बताउँछन् । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक आमोद कुमार खेरवार लकडाउन उल्लंघन नभएको दाबि गर्छन् । चोकचोकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी खटिरहेको बताउँछन् ।

    पछिल्लो चरणमा सूचना प्राप्त भए अनुसार भीडभाड बढेको भन्ने जानकारीमा आएको र त्यस्तो हुन नदिने प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । पछिल्लो समयमा लकडाउनको हेलचेक्क्रयाई भएको भए करेक्सन गरिने प्रजिअ पौडेलले बताए ।
    दिक्तेलबजारका मानिसले लकडाउनप्रति गरेको क्रियाकलाप, निर्माण व्यवसायीको मनपरी, प्रहरी, प्रशासन, स्थानीय सरकारको निरिहपनले सदरमुकामको लकडाउन अर्थहिन बनिरहेको छ । यस्तै हो भने दिक्तेलबजार पनि कोरोना भाइरसको संक्रमणबाट अछुतो नरहला भन्न सकिन्न । २०७७ बैशाख २४ गते साँझ ७ :०१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology