• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

२७ जनाको आरडिटि रिपोर्ट ‘नेगेटिभ’

२७ जनाको आरडिटि रिपोर्ट ‘नेगेटिभ’


समायोजन खबर
  • मंगलबार, बैशाख ९ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, खोटाङका दुई नगरपालिकाका २७ जनाको कोरोना भाइरस (कोभिड–१९)को र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) रिपोर्ट ‘नेगेटिभ’ आएको छ । गत चैत यता विभिन्न देशबाट घर फर्किएपछि क्वारेन्टाइन र होम क्वारेन्टाइनमा राखिएका हलेसी तुवाचुङ नगरपालिकामा २३ जना र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ४ जनाको र्‍यापिड डाइग्नोस्टिक टेष्ट गर्दा रिपोर्ट ‘नेगेटिभ’ आएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।

    कोरोना भाइरसको संक्रमण भए/नभएको यकिन गर्नका लागि सोमबार गरिएको र्‍यापिड डाइग्नोस्टिक टेष्टमा दुई नगरपालिकाका सबै जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको हो । दुर्छिमस्थित स्वास्थ्यचौकीको क्वारेन्टाइनमा राखिएका एक जनाको, स्वास्थ्यचौकी महादेवस्थानमा बनाइएको क्वारेन्टाइनमा राखिएका एक जना तथा चैत यता विदेशबाट फर्किएका तीन जना सहित पाँच जनाको पिसिआर टेष्टका लागि नमूना संकलन गरेर पठाइएको नगरपालिकाका स्वास्थ्य शाखाका सह-संयोजक प्रकाश घिमिरेले जानकारी दिए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ६ जनामध्ये २ जना भने र्‍यापिड डाइग्नोस्टिक टेष्टमा छुटेका छन् । दिक्तेलबाट तीन जनाको पिसिआर टेष्टका लागि नमूना संकलन गरेर पठाइएको छ ।

    प्रदेश सरकारले कोरोना भाइरसको संक्रमण भए/नभएको परिक्षण गर्ने १२० वटा किट पठाएपछि विदेशबाट फर्किएका जिल्लाका १२० जना व्यक्तीको र्‍यापिड डाइग्नोस्टिक टेष्ट गरिएको हो । बैशाख ९ गते साकेला गाउँपालिकामा र्‍यापिड डाइग्नोस्टिक टेष्ट गर्ने तालिका छ । रावाबेँसी गाउँपालिकामा चैत लागेपछि विदेशबाट कोही पनि फर्किएका छैनन् ।
    यसअघि, बराहपोखरी गाउँपालिकामा १ जना, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ८ जना, खोटेहाङ गाउँपालिकामा २६ जना, जन्तेढुंगा गाउँपालिकामा २० जना र ऐंसेलुखर्क गाउँपालिकामा ५, केपिलासगढी गाउँपालिकामा ५ जनाको आरडिटि रिपोर्ट ‘नेगेटिभ’ आएको छ । २०७७ बैशाख ९ गते बिहान १० : ४६ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology