समायोजन खबर खोटाङ, छिमेकी जिल्ला उदयपुरमा नोबेल कोरोना भाइरस (कोभिड–१९)का १२ जना संक्रमित फेला परेपछि खोटाङको नाका बन्द गरिएको छ । छिमेकी जिल्लामा ठूलो संख्यामा नोबेल कोरोना भाइरसबाट संक्रमित भारतीय नागरिक फेला परेपछि नोबेल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको आईतबार बसेको बैठकले खोटाङ प्रवेश गर्ने र बाहिरिने नाका हप्ता दिनका लागि बन्द गरेको हो ।
कोरोना भाइरस भित्रिने र संक्रमणको उच्च जोखिममा परेकाले सोमबारदेखि हप्ता दिनका लागि जिल्लाको नाका बन्द गर्ने निर्णय गरिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण समन्वय समितिका संयोजक एबं जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले बताए ।
जिल्लाका नगरप्रमुख, गाउँपालिका अध्यक्ष, राजनैतिक दल, प्रशासन, सुरक्षा निकाय, संघसंस्थाका प्रमुख सम्मिलित बैठकले लुकीछिपी घर आए वा नाकामा फेला परेका व्यक्तीलाई सिधै क्वारेन्टाइनमा लगेर १४ दिन राख्ने निर्णय गरेको छ । कोरोना भाइरसका संक्रमितको संख्या बढिरहेकाबेला जिल्ला भित्रिने स्थानीय बढ्न थालेपछि जोखिम बढेकाले नाकामा कडाई गर्ने निर्णय गरिएको हो ।
विशेषगरी हप्ता दिनका लागि खोटाङ र उदयपुरको नाका भने पूर्ण ‘लक’ हुने प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । यस अवधिमा खाद्यान्न तथा तरकारी ढुवानीका सवारी साधनलाई समेत उदयपुर जान रोक लगाइएको छ ।
यो पनि,एक पटक मात्रै खाद्यबस्तु र इन्धनका पसल खोल्न पाइने
२०७७ बैशाख ८ गते अपरान्ह १२ : २९ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology