• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

लकडाउनमा रहेका एसइई परिक्षार्थीलाई नेविसंघ खोटाङको रेडियो ट्युसन

लकडाउनमा रहेका एसइई परिक्षार्थीलाई नेविसंघ खोटाङको रेडियो ट्युसन


समायोजन खबर
  • आइतबार, बैशाख ७ २०७७

  • एसइई परिक्षार्थीका लागि ‘रेडियो ट्युसन कार्यक्रम’ सुरुवात भएको जानकारी गराउदै नेविसंघ खोटाङका सभापति राजकुमार बस्नेत ।

    समायोजन खबर खोटाङ, नेपाल विद्यार्थी संघ (नेविसंघ) खोटाङले लकडाउनमा रहेका एसइई परिक्षार्थीका लागि ‘रेडियो ट्युसन कार्यक्रम’ सुरु गरेको छ । कोरोना भाइरसको संम्भावित संक्रमण न्यूनीकरणका लागि गरिएको लकडाउनले शैक्षिक सत्र २०७६ को एसइई परिक्षा स्थगित भएपछि परिक्षार्थीहरुलाई लक्षित गर्दै रेडियो ट्युसन कार्यक्रम’ सुरु गरेको हो ।

    नेविसंघले शनिबार ५१ औं स्थापना दिवसको अवसरमा सम्पूर्ण तयारी गरेर आईतबारदेखी रेडियो ट्युसन कार्यक्रमको सुरुवात गरेको नेविसंघका जिल्ला सभापति राजकुमार बस्नेतले बताए । उनका अनुसार सामुदायिक रेडियो हलेसी एफएम १०२.४ मेघाहर्जबाट दैनिक बिहान ९ : १५ देखी १० वजेसम्म गणित, अंग्रेजी र बिज्ञान बिषयको बिषयगत शिक्षकहरुद्वारा रेडियोबाट अध्यापन गराइने छ ।

    शैक्षिक सत्र २०७६ को एसइई परिक्षा चैत्र ६ गतेबाट गर्ने मिति तय भएको थियो । तर, कोरोना भाइरसको संन्त्रास फैलिएपछि चैत्र ५ गते सरकारले अर्को सूचना जारी नभएसम्मका लागि एसइई स्थागित गरेको थियो । खोटाङबाट ३ हजार ६ सय ८४ जनाले एसइई परिक्षा दिने तयारीमा थिए । २०७७ बैशाख ७ गते बिहान ९ : १७ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology