• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा ४७ जनाको आरडिटि रिपोर्ट ‘नेगेटिभ’

खोटाङमा ४७ जनाको आरडिटि रिपोर्ट ‘नेगेटिभ’


समायोजन खबर
  • शुक्रबार, बैशाख ५ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, खोटाङमा विदेशबाट फर्किएका ४७ जनाको नोबेल कोरोना भाइरस (कोभिड–१९)को र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) रिपोर्ट ‘नेगेटिभ’ आएको छ । गत चैत यता विभिन्न देशबाट घर फर्किएका जन्तेढुंगा गाउँपालिकाका २० जना, बराहपोखरी गाउँपालिकाका १ जना र खोटेहाङ गाउँपालिकाका २६ जनामा जनामा कोरोना भाइरसको संक्रमण भए/नभएको यकिन गर्नका लागि र्‍यापिड डाइग्नोस्टिक टेष्ट गर्दा सबै जनाको रिपोर्ट ‘नेगेटिभ’ देखिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।

    रोजगारीका सिलसिलामा विभिन्न देश पुगेर घर फर्किएपछि होम क्वारेन्टाइनमा राखिएका व्यक्तीमा कोरोना भाइरसको संक्रमण भए/नभएको थाहा पाउनका लागि बैसाख ३ गतेदेखि सम्वन्धित पालिकामै पुगेर र्‍यापिड डाइग्नोस्टिक टेष्ट सुरु गरिएको हो । प्रदेश सरकारले कोरोना भाइरसको संक्रमण भए/नभएको परिक्षण गर्ने १२० वटा किट पठाएपछि विदेशबाट फर्किएका जिल्लाका १२० जना व्यक्तीको र्‍यापिड डाइग्नोस्टिक टेष्ट गर्ने तयारी गरिएको छ । शुक्रबार विदेशबाट फर्किएका दिप्रुङ चुईचुम्मा गाउँपालिकाका व्यक्तीको र्‍यापिड डाइग्नोस्टिक टेष्ट गर्ने कार्यक्रम छ ।

    बैसाख ६ गते ऐसेलुखर्क गाउँपालिकामा, बैसाख ७ केपीलासगढी गाउँपालिकामा बैसाख ८ मा हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा तथा बैसाख ९ गते साकेला गाउँपालिकामा र्‍यापिड डाइग्नोस्टिक टेष्ट गर्ने तालिका छ । चैतअघि घर फर्किएका र काठ्माण्डौंबाट घर फर्किएका व्यक्तीको र्‍यापिड डाइग्नोस्टिक टेष्ट गर्नका लागि पुःन परिक्षण किट माग गरिएको प्रजिअ पौडेलले बताए ।

    कतारबाट नेपाल फर्किएका खोटाङका दुई मध्ये एक जनाको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) रिपोर्ट ‘नेगेटिभ’ आएको छ । फ्रान्सबाट कतार हुँदै गत चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पूष्टी भएपछि तिनै युवतीसँग कतारबाट काठ्माण्डौंसम्मको यात्रा गरेका जन्तेढुंगा गाउँपालिका–३ का राई थरका युवाको आरडिटि रिपोर्ट ‘नेगेटिभ’ आएको हो । केही समयअघि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको स्वाव परिक्षणकाक्रममा कोरोना परिक्षण रिपोर्ट ‘नेगेटिभ’ देखिए पनि पुःन उनको र्‍यापिड डाइग्नोस्टिक टेष्ट गरिएको प्रजिअ पौडेलले बताए ।२०७७ बैशाख ५ गते मध्यान्ह १२ : ३० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology