• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मकैमा अमेरिकन फौजी किराको प्रकोप,किसान चिन्तित

मकैमा अमेरिकन फौजी किराको प्रकोप,किसान चिन्तित


समायोजन खबर
  • बिहिबार, बैशाख ४ २०७७

  • मकैमा अमेरिकन फौजी किरा लागेपछि खाल्लेमा अनुगमन गरिदै । तस्विर सौजन्य:कैलाश भट्टराईको फेसबुक ।

    समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न स्थानमा लगाइएको मकै बालीमा अमेरिकन फौजी किराको प्रकोप फैलिएको छ । नगरपालिकाको १ नम्बर वडा दिक्तेलको नोभे र ४ नम्बर वडा खाल्लेमा लगाइएको मकै बालीमा अमेरिकन फौजी किराको प्रकोप फैलिएको हो ।

    केही साता यता फैलिएको अमेरिकन फौजी किराले खाल्लेको खानीडाँडा नजिकै पर्ने बाँसबोटे र खाल्लेसेराको बा¥हबिसे लगायत क्षेत्रमा लगाइएको मकै बाली सखाप बनाउँदा किसान चिन्तित बनेका छन् । खानीडाँडा नजिकै पर्ने बाँसबोटे सुन्तलाबारीका किसान एकराज पौडेल लगायतका तीन किसानले २१ रोपनी खेतमा लगाएको मकै बालीमा अमेरिकन फौजी किराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले बताए ।

    बाँसबोटे आसपासका ७० किसानले करिब तीन सय रोपनी जग्गामा लगाएको मकै बाली अमेरिकन फौजी किराले सखाप बनाएकोे छ । खाल्लेसेराको बा¥हबिसे खेतमा २० किसानले करिब दुई सय रोपनी रोपानी खेतमा लगाएको मकैमा पनि फौजी किरा फैलिएको जानकारी आएको खाल्लेका वडाध्यक्ष डिल्लीकुमार राईले बताए।
    यस्तै, नोभेको करिब २५० रोपनी भन्दा बढि क्षेत्रमा लगाइएको मकै बाली सखाप बनाएको नगरपालिकाका कृषि प्रशार अधिकृत धर्मेन्द्र कलौनीले बताए । बाँसबोटे, खाल्लेसेराको बा¥हबिसे र नोभेमा फौजी किराको प्रकोप फैलिएको जानकारी आए पनि प्रभावित क्षेत्र र प्रभावित किसान संख्याको यकिन तथ्यांक आउन बाँकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कृषि शाखाले जनाएको छ । २०७७ बैशाख ४ गते साँझ ६ : ५१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology